Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

लिफ्ट दिँदा भारतीयले कारसहित लुटेरा फरार

लिफ्ट दिँदा भारतीयले कारसहित लुटेरा फरार

by नेपाल टाइमलाइन न्यूज
June 27, 2022
in Uncategorized, मुख्य खबर, समाचार
A A
0
लिफ्ट दिँदा भारतीयले कारसहित लुटेरा फरार
10
SHARES
Share on FacebookShare on Twitter

असार १३ गते सोमबार इनरुवा

तीनजना भारतीय नागरिकलाई लिफ्ट दिँदा कैलालीमा एक नेपाली लुटिएका छन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुटेरको समूहले कु टपीटसहित लुटपाट गरेका हुन् ।

 

इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रमुख डिएसपी रबिन्द्रराज पाण्डेयका अनुसारसोमबार बिहान करिब १० बजे भएको घटनाको जानकारी प्रहरीलाई अपरान्ह १ः३० बजेमात्रै आएको छ । अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको र लुटेरा समूहको खोजी भइरहेको बताएका छन् ।

 

यसरी भयो घटना

 

इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रमुख डिएसपी रबिन्द्रराज पाण्डेयका अनुसार वेदकोट नगरपालिका ३, कञ्चनपुरका ३७ वर्षीय भण्डारी डडेलधुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । घरबाट उनी आफ्नो सुजुकी कम्पनीको सिल्भर रङको सोलेरियो कार लिएर कार्यालय जाँदै थिए ।

 

कार्यालय जाने क्रममा बिहान कञ्चनपुरको छमनचौराहमा चिया खाने क्रममा तीनजना भारतीयजस्ता देखिने मानिसहरु भेटिए । उनीहरुले आफूहरु पनि उतै खानीडाँडामा जान लागेको भन्दै खानीडाँडासम्म लिफ्ट दिन आग्रह गरे । त्यसवापत कारमा इन्धन भरिदिने बताए ।

 

आफू पनि उतै जाने भएकाले लिफ्ट दिँदा गाडीमा पेट्रोल हालिदिने भएपछि लोकेन्द्रसिंहले तीनजना भारतीय मूलका जस्ता देखिने व्यक्तिहरुलाई लिफ्ट दिए । लिफ्ट दिएर डडेलधुरातर्फ जाने क्रममा कैलालीको गोदावरी नगरपालिका ४ मा रहेको एक रमणीय स्थानमा पुगेपछि उनीहरुले फोटो खिच्ने बताए । फोटो खिच्ने भनेपछि लोकेन्द्रले कार रोके र आफू पनि फोटो खिच्न थाले ।

 

सोही क्रममा लोकेन्द्रको साथमा रहेको कारको साँचो एक व्यक्तिले खोसे । सोही क्रममा लोकेन्द्र र भारतीय नागरिकबीच धकेलाधकेल समेत भयो । लुटेरा समूहले चक्कुले लोकेन्द्रको हातमा आक्रमण गरे ।

 

त्यसपछि एक लुटेराले लोकेन्द्रको टाउकोमा ढुङ्गाले प्रहार गरे । टाउकोमा ढुङ्गा प्रहार भएपछि उनी बेहोसजस्तै भए । सोही समयमा लुटेरा समूहले उनको साथमा रहेको मोबाइल र पर्स र नगद करिब ५ हजार रुपैयाँ समेत लुटी गम्छाले हात र मुख बाँधेर भिरबाट खसालिदिए । अनि लोकेन्द्रको कारसमेत लिएर उनीहरु गए ।

 

बिहान करिब १० बजे लुटपाट भएपनि प्रहरीलाई भने अपरान्ह १ः३० बजे मात्रै जानकारी आयो । भीरबाट खसालिएका लोकेन्द्र घस्रिदै सडकसम्म आएपछि अन्य व्यक्तिहरुले घटनाबारे प्रहरीलाई जानकारी गराएका हुन् । त्यसलगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ भने लुटेरा समूहको खोजी भइरहेको छ ।

 

डिएसपी रबिन्द्रराज पाण्डेयका अनुसार यतिबेला आसपासमा रहेको सिसिटीभी फुटेजको अध्ययन गरी लुटेरा समूहको खोजी गर्ने काम भइरहेको छ । लुटेरा समूहले लगेका कारको खोजीपछि लुटेरा समूहको पहिचान र पक्राउमा सहयोग पुग्ने भन्दै अहिले कैलाली र कञ्चनपुरमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

Previous Post

दुई महिना अगाडि विवाह बन्धनमा बाँधिएकी आलिया आमा बन्दै

Next Post

१७ वर्षीया किशोरीको पेटमा चम्चा अड्किएपछि…

Next Post
१७ वर्षीया किशोरीको पेटमा चम्चा अड्किएपछि…

१७ वर्षीया किशोरीको पेटमा चम्चा अड्किएपछि…

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana