Friday, March 13, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

१७ वर्षीया किशोरीको पेटमा चम्चा अड्किएपछि…

१७ वर्षीया किशोरीको पेटमा चम्चा अड्किएपछि…

by नेपाल टाइमलाइन न्यूज
June 27, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
१७ वर्षीया किशोरीको पेटमा चम्चा अड्किएपछि…
9
SHARES
Share on FacebookShare on Twitter

थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् ।

 

नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो ।

 

काठमाडौकै एक १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिनाशल्यक्रिया र बिना कुनै चोट निकाल्ने सफलता प्राप्त भएको हो । चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना हो ।

 

यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था भए पनि डा. कुँवरले निकै सुरक्षित तरिकाले इण्डेस्कोपी गरी बिनाशल्यक्रिया निकालेका हुन् ।

 

डा. कुँवरले नेपालमा सम्भवत बिना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको दाबी गरे । डा. कुँवर नेतृत्वको टिमले यसअघि बच्चाहरुले झुक्किएर निकालेको सिक्का, झुक्किएर निलेको पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डी समेत बिना शल्यक्रिया नै निकाल्दै आएको छ ।

 

‘साइक्ट्रेकि इलनेश टाइपको बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेको बताउनुभयो । तर, यस्तो बिरामीहरुलाई वाकवाक गरिरहन पर्ने र वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ,’ डा. कुँवरले भने–‘आमाशयमा गएर अड्किएको रहेछ । आन्द्रातिर जान नपाएको अवस्थामा हामीले सुरक्षित ढंगले चम्चा निकालेका हौं ।’

 

आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा बिनाशल्यक्रिया निकालिएको थियो । ‘चम्चा निकाल्ने क्रममा कतै पनि कुनै चोट वा घाउ समेत लागेन ।’ डा. कुँवरले भने–‘हाम्रा लागि नयाँ सफलता र नयाँ अनुभव दिने घटना पनि हो यो ।’

 

आइतबार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जरभेसनमा राखेर सबै अवस्था नर्मल देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिसकिएको छ ।

Previous Post

लिफ्ट दिँदा भारतीयले कारसहित लुटेरा फरार

Next Post

निरहुआ: भोजपुरी फिल्मका स्टारबाट आजमगढको ‘नायक’ सम्म

Next Post
निरहुआ: भोजपुरी फिल्मका स्टारबाट आजमगढको ‘नायक’ सम्म

निरहुआ: भोजपुरी फिल्मका स्टारबाट आजमगढको 'नायक' सम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana