सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका २ मा न्यू अन्सारी जनरल स्टोरको उद्घाटन गरिएको छ । स्थानीय स्तरमा थोक तथा खुद्रामा धागो, बटन, लैस,झुम्का, सुटका सामानहरु तथा सिलाई मेसिन र सिलाईका सम्पूर्ण समानहरु पाउने गरि न्यू अन्सारी जनरल स्टोरको उद्घाटन गरिएको संचालक हैदर अंसारी(छोटु)ले जानकारी दिनुभयो । अंसारीका अनुसार न्यू अन्सारी जनरल स्टोर पुरानो जिविस रोडको रामजी भवन उत्तर पश्चिम भवनमा उद्घाटन गरिएको हो ।





