Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

देश र जनताकाे पक्षमा बजेट ल्याउँदा विराेध किन ? राजीनामा दिन्नँ:अर्थ मन्त्री शर्मा

देश र जनताकाे पक्षमा बजेट ल्याउँदा विराेध किन ? राजीनामा दिन्नँ:अर्थ मन्त्री शर्मा

by नेपाल टाइमलाइन न्यूज
June 27, 2022
in मुख्य खबर, समाचार
A A
0
देश र जनताकाे पक्षमा बजेट ल्याउँदा विराेध किन ? राजीनामा दिन्नँ:अर्थ मन्त्री शर्मा
10
SHARES
Share on FacebookShare on Twitter

असार १३ गते सोमबार – अर्थ मन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आउँदो आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ ।

 

आज सोमवार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले आउँदो बजेट देश र जनताको पक्षमा ल्याएका कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको हो । मन्त्री शर्माले आउँदो बजेट अर्थ मन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्, नागरिक र सबै सांसदको सुझावको आधारमा ल्याएको दाबी गर्नुभयो । उहाँले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचकाङ्क वृद्धि गर्ने अङ्क नै बजेटमा समावेश गरिएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘बजेटमा यति प्रतिस्थापन गर्ने, यति गरिबी हटाउने, मानव सूचाङ्क यति वृद्धि गर्ने भनेर तोकिएको छ । तोकिएका आँकडामा बजेट कार्यान्वयन हुनेबाट भोलि देशको औद्योगिकरणमा आउने परिवर्तन, उत्पादन र प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्नेछ । सही थियो कि गलत थियो त्यति बेला पुष्टि हुनेछ । यति बेला मैले भन्न सक्ने कुराहरु होइन । यो बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गर्नुपर्छ भन्ने होइन । यो इतिहासले पुष्टि गर्ने छ ।’

 

अर्थ मन्त्री शर्माले करका दर घटाउने र बढाउने विषय अर्थ मन्त्रीको क्षेत्र अधिकारको भएको बताउनुभयो । उहाँले अर्थ मन्त्रीले बजेट नल्याएर, करका दरलाई घटबढ नगरेर अरू के गर्नुपर्ने थियो ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले करको दर आवश्यकताअनुसार बढाउन र घटाउन दुवै पाइने दाबी गर्नुभयो ।

 

मन्त्री शर्माले आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भता, गरिबी कम गर्ने र व्यावसायिक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याउने अर्थ मन्त्री अनैतिक नहुने बताउनुभयो ।

 

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा सरकारका संरचनालाई सुदृढ गर्ने कानुनहलाई राम्रो बनाउने र सँगै आम नागरिकलाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने विषय बजेटमा उल्लेख गरेको बताउनुभयो ।

HTPKHAWAR

Previous Post

न्यू अन्सारी जनरल स्टोरको उद्घाटन

Next Post

फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी सुनसरी प्रहरीको“फरारी पक्राउ अभियान”

Next Post
फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी सुनसरी प्रहरीको“फरारी पक्राउ अभियान”

फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी सुनसरी प्रहरीको“फरारी पक्राउ अभियान”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana