Sunday, April 12, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी सुनसरी प्रहरीको“फरारी पक्राउ अभियान”

फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी सुनसरी प्रहरीको“फरारी पक्राउ अभियान”

by नेपाल टाइमलाइन न्यूज
June 27, 2022
in स्थानीय समाचार
A A
0
फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी सुनसरी प्रहरीको“फरारी पक्राउ अभियान”
10
SHARES
Share on FacebookShare on Twitter

सुनसरी प्रहरीले चालु आर्थिक वर्षमा विभिन्न अपराध गरेर फरार रहेका प्रतिवादीका विरुद्द पक्राउ अर्थात फैसला कार्यान्वायनलाई विशेष महत्वका साथ अभियानका रुपमा संचालन गरेको थियो । यस अभियानका माध्यमवाट “अपराध गरेर जतिदिन लुकिछिपि वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैन”  वा  “अपराध गरेपछी सजाय भुक्तान नगरी वचेर वस्न सकिदैन” भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमवाट समाजमा अपराधको न्यूनिकरण पनि गर्नका लागि केही मात्रामा भनेपनि सचेतना फैलने आसा गरिएको छ ।जिल्लाको समग्र शान्ति सुरक्षा कायम राख्ने र अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धान जस्ता वृहत आयामका कार्यहरुमा प्रहरी परिचालन हुदै गर्दा कानून प्रतिको आडभरोसा कायम राख्नु र अभिवृद्दी गर्न तथा पिडितलाई न्यायको महशुस दिलाउदै पिडक पक्षलाई कानूनवाट भाग्न वा वच्न सकिदैन भन्ने डर पैदा गर्न संचालित फरार अभियुक्त पक्राउ अभियानलाई सुनसरी प्रहरीले  प्राथमिकतामा राखी काम गर्दै आईरहेको छ ।अभियानको परिमाणतः चालु आ.व.को २०७८ श्रावण १ गते देखी २०७९ वैशाख ३० गतेसम्म  ६१३ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको थियो भने २०७९ वैशाख ३० गतेको स्थानिय निर्वाचन पश्चात २२८ जना फरारीहरु पक्राउ गरिए । असार महिनाका १३ दिनमा २१७ जना फरारीहरु पक्राउ गरिए पनि उल्लेख्यरुपमा भने असार १२ गते एकैदिन ११६ जनालाई सम्मानित अदालत पेश गरिएको थियो ।

 चालु आ.ब.मा फरार पक्राउ संख्यात्मक बिवरण असार १३ सम्मको विवरण –

  • जम्मा फरार पक्राउ संख्या –           ८४१ जना
  • कैद –           १८२ बर्ष ८ महिना ०५ दिन  ।
  • जरिवाना –           १,१४,३६,५२०/- असुल दाखिला ।

जघन्य प्रकृती मुद्दामा पक्राउ गरेको फरार ब्यक्तिहरुको बिवरण

१.कर्तब्य ज्यान:–

२० बर्षे फरारी पक्राउ –

भोजपुर हसनपुरका वर्ष १९ (तत्कालिन समयमा) का चित्रकुमार मग्राती, निजकै साथिहरु उदयपुर त्रियुगाका गभिरवहादुर दनुवार र संखुवासभा फाँकुका विक्रम राई धरान विष्णुपादुका स्मृति पार्कमा पिकनिक खाना गएछन, २०७१।०८।०१ गते । पिकनिकमा उनीहरु विच विवाद हुदा गंभिर र विक्रम मिलि चित्रलाई कुटपिट गरेछन । कुटपिटवाट चित्रको मृत्यू भएपछी जंगलमा लगी सेउला र झारपातले पुरी उनीहरु फरार भए ।

 

फरार मध्येका विक्रमलाई २०७१।०८।१४ गते भोजपुरको दिङलावाट पक्राउ गरी अनुसन्धान पश्चात सम्मानित सुनसरी जिल्ला अदालतमा पेश गरिएकोमा २०७१।९।८ गते पुर्पक्षका लागी कारागार चलान गरिएको ।

उक्त घटनामा सम्मानित अदालतवाट २० वर्ष कैद फैसला भएको थियो ।

 

फरार रहेका अभियुक्त गंभिर दनुवारलाई जिप्रका सुनसरीको टोलीले मिति २०७९।०३।१० गते लगातार दुई महिनाको नियमित फलोअप पश्चात वानियाटार काठमाण्डौवाट पक्राउ गरी सम्मानित अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि झुम्का कारगार चलान गरिएको छ ।

  • जिल्ला सुनसरी भोक्राहा गा.बि.स.वडा नं.६ बस्ने बर्ष ४५ को बसन्त खत्वेले आफनै नातिनीलाई मिति २०६६ सालमा घाँटी बटारी मारी गाडी फरार रहेकोमा सम्मानित सुनसरी जिल्ला अदालत ईनरुवाबाट मिति २०७४/१/२४ मा २० बर्ष कैद सजाय गरेको। घटना पश्चात फरार रहेका निजलाई जिप्रका सुनसरीको टोलीले मिति २०७८/४/१७ गते पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालत ईनरुवामा बुझाएको, हाल कारागार झुम्कामा थुनामा रहेको ।
  • जिल्ला सुनसरी दुहवी न.पा.- ४ बस्ने गुल्वा भन्ने गुलाम मियाले मिति २०५४ सालमा छिमेकी रसु चौधरी र निजको आमालाई जग्गाको बिषयमा बादबिवाद हुँदा बासँको भाटाले हानी मारी फरार रहेकोमा सम्मानित सुनसरी जिल्ला अदालत ईनरुवाबाट मिति २०६०/१०/२६ गते २० बर्ष कैद भनि फैसला गरेको – निजलाई सुनसरी प्रहरीको टोलीले मिति २०७८/४/३० गते पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालत बुझाईएको, हाल कारागार झुम्का सुनसरीमा थुनामा रहेको ।
  • ३.अपहरण तथा शरीर बन्धक:-

सुनसरी ईनरुवा – ३ बस्ने राजु ढकालको बुवा खिलनाथ ढकाललाई मिति २०६५ सालमा जिल्ला सुनसरी साविक सतेरझोडा गा.बि.स.- ६ स्थित गहुँ खेतबाट अपहरण गरी लगेको हुँदा सुनसरी जिल्ला अदालत ईनरुवाबाट अपराधमा संलग्न व्यक्तिलाई मिति २०७१/४/८ गते ११ बर्ष कैद र नगद रु.१,००,०००/- जरिवाना तोकिएको । निज सोही घटना पश्चात फरार रहेका प्रतिवादी सुनसरी सतेरझोडा ६ बस्ने हनिफ साफी मियालाई मिति २०७८/४/२४ गते सुनसरी प्रहरीद्वारा पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालत ईनरुवामा बुझाईएको –  हाल कारागार झुम्का सुनसरीमा रहेको ।

 

जवरजस्ती करणी:-

जिल्ला सुनसरी दुहवी न.पा.- १ बस्ने आशा तिवारीलाई मिति २०७४ सालमा ऐ.बस्ने कलिम मियाले जवरजस्ती करणी गरेको ।  सुनसरी जिल्ला अदालत ईनरुवाबाट मिति २०७५/६/२१ गते ११ बर्ष कैद फैसला गरेको थियो । घटना पश्चात फरार रहेका प्रतिवादीलाई मिति २०७८/४/३० गते पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालत ईनरुवामा बुझाईएको –  हाल कारागार झुम्का सुनसरीमा थुनामा रहेको ।

 

डाका –

  • जिल्ला सुनसरी हरिनगरा – ५ बसन्तपुर बस्ने मुकुन्द झा को घरमा २०६४ सालमा डाका गरी सुनसरी जिल्ला अदालतबाट २०६६/५/१४ मा ६ बर्ष कैद सजाय र रु.७२७५०।- जरिवाना फैसला भएको थियो  । उक्त डाका घटना पश्चात फरार रहेका अभियुक्त मध्ये फरार रहेका तोपअलि मिया भन्ने अब्दुल तैयव मियालाई मिति २०७८/४/१४ गते पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालत ईनरुवामा पेश गरिएको ।  निज हाल कारागार झुम्का सुनसरीमा थुनामा रहेका छन ।

 

Previous Post

देश र जनताकाे पक्षमा बजेट ल्याउँदा विराेध किन ? राजीनामा दिन्नँ:अर्थ मन्त्री शर्मा

Next Post

दिवा खाजाबारे अभिभावक : ‘एक त काच्चै हुन्छ त्यो पनि आधा पेट मात्रै’

Next Post
दिवा खाजाबारे अभिभावक : ‘एक त काच्चै हुन्छ त्यो पनि आधा पेट मात्रै’

दिवा खाजाबारे अभिभावक : ‘एक त काच्चै हुन्छ त्यो पनि आधा पेट मात्रै’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana