असार १३ गते सोमबार इनरुवा
श्री धर्मराज ट्रेडर्सले एन्ड सप्लायर्स शोरुमा आयोजित औपचारीक चिया नास्ता समारोह मार्फत BS-VI मोडलको नयाँ TVS Apache RTR 160 4V RTFI सार्वजनिक गरेको छ।
TVS Apache RTR 160 4V RTFI नेपालमा लामो समय देखि प्रतीक्षा गरएको मोटरसाइकल हो जसमा 3 राइड मोडह(रेन, अर्वन र स्पोर्ट) जस्ता यस वर्गकै पिहलो र उत्कृष्ट फिचरहरु छन् जसले सवारहरुलाई कुनै पनि सवार परिस्थितिमा अनुकूल बनाउन सिजीलो बनाउँछन् यस मोटरसाइकलले स्पोर्ट मोडमा 17.55PS @ 9250rpm र अर्बन् र रेन मोडमा 15.64PS @8600rpm पावर उत्पादन गर्दछ । त्यस्तै, यसले स्पोर्ट मोडमा 14.73Nm @ 7250rpm र अर्बन् र रेन मोडमा 14.14Nm @ 7250 rpm टर्क उत्पादन गर्दछ । राइड मोडहरुले पावर र ABS सेटीङलाई कुनै पनि सवारी अवस्थाहरुमा अनुकूल बनाएर राइडरलाई सहायता गर्दछ ।
मोटरसाइकलमा रेस टयुण्ड फ्यूल इन्जेक्सन (RTFI) प्रविधि BS-VI अनुरूप इन्जिन रहेको छ जसले राम्रो इधनको अर्थतन्त्र, विस्तारित पावर डेलीभरी, इन्जिनको स्थायित्व सुधार र उत्सर्जन नियन्त्रणमा मदत गर्छ । यो प्रविधिले मोटरसाइकललाई टीकाउ र वातावरणमैत्री बनाउँछ। यसमा SmartXConnect जस्ता प्रविधिहरु पनि छन जसले सवारीको बारेमा धेरै जानकारीहरु देखाउँछ र ब्लुटुथ मार्फत राइडरको स्मार्टफोनमा जडान गर्नसकिन्छ । थप रूपमा, मोटरसाइकलमा एग्रेसिभ DRL हेडल्याम्प, एडजस्टेबल ब्रेक र क्लच लिभर, ABS जस्ता अन्य धेरै फचरहरु छन्।
टिभएस मोटर कम्पनी-भारतका प्रतिनिधिहरू जगदम्बा मोटर्स लाई नेपालमा टिभएसको सफलताको लागि बधाई दिँदै नेपाली बजारमा आगामी टिभएस अपाचेआरटीआर १६० ४भी को सफलताको कामना गरे। उनीहरूले यो मोटरसाइकलले१५० सीसीको सेगमेन्टमा `बिग बाइक’ फचर ल्याउने दृष्टिकोण रहेको र यसले नेपालमा मात्र नभई विश्वभरका उत्कृष्ट फिचर्सका साथ यो सेगमेन्टमा क्रान्ति ल्याउने बताए
सो मोटरसाइकल सार्वजनिक भएपछि इनरुवा को आधिकारिक विक्रेता श्री धर्मराज ट्रेडर्स एण्ड सप्लायर्सका मनेजर राहुल मेहता ले Apache RTR 160 4V RTFI बिथ BS-VI बारेमा निकै समय देखि ग्रहकहरुले माग गरेको बताए उनले भने `अहिले सम्म यस वर्गमा नभएको फिचर भएकोले Apache RTR160 4V RTR विथ BS-VI अन्य मोटरसाइकल भन्दा उच्च भएको यो मोटरसाइकलले अवस्य पनि टिभिएसको नेपालमा विक्री बढाउने छ
जगदबा मोटर्स प्रा.ली नेपालमा टिभएस दुई पाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हो। नेपालमा १३७+डिलर र २००+ सेवा र स्पेयर पार्ट्स स्टेसनहरूको राष्ट्रब्यापी वितरण सञ्चालनको साथ, TVS ले बजारमा आफ्नो बिलीयो पकड कायम राख्न र ग्राहकहरुको मनमा स्थान बनाउन समक्ष भएको छ। गुणस्तरीय उत्पादन, विकृपछिको र देशभर ब्याकअप पार्टपुर्जा उपलब्धता मार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिको कारणले आज टिभिएस नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।





