Wednesday, March 4, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

संस्थागत भ्रष्टचारका पात्र र प्रवृति

संस्थागत भ्रष्टचारका पात्र र प्रवृति

by नेपाल टाइमलाइन न्यूज
April 19, 2022
in स्थानीय समाचार
A A
0
इनरुवा नगरपालिकाको यर्थात र विकासको गति
12
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव(सहयोगी) नेपलामा विभिन्न शासनहरु, सत्ताहरु र शासकहरु फेरिएपनि भ्रष्टचार, अनियमितता, ढिलासुस्ती र संस्थागत अपराधहरु कम भएको देखिदैन् । देशमा एकपछि अर्को परिवर्तन भएपनि भ्रष्ट मान्सिकताका पात्र र प्रवृतिहरु परिवर्तन नभएकाले संस्थागत भ्रष्टचार, सुनियोजत अनियमितता, मनोमानी ढिलासुस्ती र संस्थागत अपराधहरु बढ्दै गएको देखिन्छ । लामो संर्घषपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबै मिलेर संस्थागन गर्नुपर्ने र त्यसको अनुभुती नागरिकले पाउनुपर्नेमा लोकतन्त्र आएको एक दशक र नयाँ संघीय संविधान आएको तीन वर्ष वितेको अवस्था तथा तीन तहको सरकार देशभरी गठन भएको भएपनि नागरिकका मागहरु र आवश्यकताहरु परिपूर्तीका लागि चुकेका कारणले अस्वभाविक रुपमा वडादेखी सिंहदरबारसम्म भ्रष्टचार, अनियमितता, ढिलासुस्ती र संस्थागत अपराधका कार्यहरु बढेको बढेछ ।
देशमा संघीय सरकार एक, प्रदेश सरकार सात र स्थानीय सरकार ७५३ सहित ७६१ सरकारहरु र ७७ जिल्लाका ७७ वटा जिल्ला समन्वय समितिहरु रहेका छन् । सरकारको सञ्जाल वा समयन्त्र साच्चै देशको टोलटोलमा पुगेको छ तर कार्यान्वयको अवस्था निकै नाजुक रहेको देखिन्छ ।
संघीय सरकारमा दम्भ ः देशको केन्द्रमा रहेको संघीय सरकारको दम्भका कारणले अहिले माथिदेखी तलसम्म भ्रष्टचार, अनियमितता, ढिलासुस्ती र संस्थागत अपराधहरु बढेकोे छ । संघीय सरकारको पूर्ण रुपमा अभिभावकत्व र समन्वयकारी भूमिका निर्वाह नगरेको कारणले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका बीचमा अधिकार र काम, कत्वर्यका विषयमा आलोचनाm आरोपप्रत्यारोप बाहेक अरु राम्रा काम देखिदैन् । यसमा सबै सरकारहरुको कार्यक्षेत्र फरक भएपनि र केही समान भएपनि त्यसमा समन्वयको अभाव भएकाले ठाउँठाउँमा संस्थागत भ्रष्टचार, व्यापक अनियमितता, चरम ढिलासुस्ती र अनियन्त्रि रुपमा संस्थागत अपराधहरु बढेका छन् । मूख्य भुमिकामा रहेको संघीय सरकारले निर्वाह गर्नुपर्ने भुमिका सफल र सवल रुपमा सम्पदान गर्नमा चुकेको भन्दै प्रदेश सरकारका मूख्यमन्त्री र स्थानीय सरकारका अध्यक्ष तथा प्रमुखहरुले आलोचना गर्दै आएका छन् । प्रदेश र स्थानीय सरकारमा बस्नेहरुले संघीय सरकारको दम्भका कारणले राम्रो काम हुन नसकेको गुनासो गरिरहेका छन् ।
प्रदेश सरकारमा समन्वयको भुमिका अभाव ः प्रदेशहरुमा गठित सरकारले एक वर्ष समय गुजारेको भएपनि नागरिकहरुले भने जस्तो र चाहे जस्तो सुशासन, पादरर्शिता, जवाफदेहिता, जनसहभागिता, जनताप्रति उतरदायि भएर काम गर्न सकेको छ्रैन् । मुलुकमा जहाँ सुशासन, पादरर्शिता, जवाफदेहिता, जनसहभागिता, जनताप्रति उतरदायि सरकार हुनैन त्यहाँ अस्वभाविक रुपमा भ्रष्टचार, गैरजिम्मेबारीपन, अनियमितता, ढिलासुस्ती र संस्थागत अपराधहरु बढ्छन । प्रदेश सरकारले केन्द्र र स्थानीय दुवैको बीचमा समन्वयको भुमिका निर्वाह गर्नुपर्नेमा त्यसो गर्न सकेको देखिदैन् । कतैबाट गर्ने प्रयास भएपनि सबै प्रदेशमा त्यसको अनुभुती नागरिकले गर्न पाएका छैन् । जहाँ सहकार्य, समन्वय र असल सम्बाद हुदैन त्यहाँ नागरिकले चाहेको सुशासन, पादरर्शिता, जवाफदेहिता, जनसहभागिता, जनताप्रति उतरदायित्व कल्पना समेत गर्न सक्दैन । त्यही भएर सरसरती हेर्दा प्रदेश सरकारले समन्वयको प्रभावकारी काम गर्न सकेको छैन ।
भद्रगोल र भ्रष्टाचारको जालोमा स्थानीय सरकार ः संघीय सरकार र प्रदेशहरुमा गठित प्रदेश सरकारहरुको भन्दा काम, बजेट र कार्यान्वयको निकायको हिसावले स्थानीय सरकार झन शक्तिशाली देखिएको छ । तर झण्डै दुई वर्ष समय गुजारेको स्थानीय सरकारले जनभावनाको कदर हुने गरी , नागरिकको मनोकाक्षा पुरा गर्ने गरी ठोस काम गर्न सकेको छ्रैन् । कतिपय स्थानीय तहमा उनी पुराना पात्रहरु जो सरकारको सम्पतीलाई जसरी पनी हत्याउने काम गरेका, भ्रष्टाचार गर्न पोक्क्त भएकाहरु छन् भने अर्को तिर नयाँ अनुहारहरुको पनि प्रवेश भएका छन् । नागरिकवाट निर्वाचितलाई सबैले सम्मान गर्नुपर्छ , गरिरहेको पनि छ । तर यती भएपनि स्थानीय तहका वडाका, टोलका, बस्तिका नागरिकहरुले चाहे जस्तो, कल्पना गरेजस्तो, इक्छा गरे जस्तो र साचेको सपना जस्तो देशमा माथिदेखी तलसम्म सुशासन, पादरर्शिता, जवाफदेहिता, जनसहभागिता, जनताप्रति उतरदायि सरकारको अनुभती गर्न पाएका छैन् । यसमा केही पात्रहरु र केही प्रवृतिहरु नै हावी रहेको देखिन्छ । प्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष , सदस्य तथा कर्मचारीहरुको त्रिकोणात्मक अनैतिक, अबैध सम्बन्धका कारणले निर्वाचित पात्रहरु भएर असल काम गर्न सकेको छ्रैन् । अवैध र अनैतिक भनेको ऐन, कानुन र नियमितलाई बेवास्ता गर्ने कागजी घोडा तयार पारि सरकारी सम्पती वा बजेट सक्नेहरु हो ।
कसरी बढ्दैछ स्थानीय तहमा भ्रष्टचारको श्रृखला ? ः केन्द्रिय सरकारको दम्भ , प्रदेश सरकारमा समन्वयको भुमिका अभाव र स्थानीय सरकारमा बस्ने जनप्रतिनिधिदेखी कर्मचारीसम्मको मै खाउँ, मै लाउँ, मै मोज गरौं मान्सिकताका कारणले स्थानीय तहमा भ्रष्टचारको श्रृखला बढ्दो क्रममा छ । संघीयदेखी प्रदेशसम्म र आफ्नो स्थानीय तहको समेत निती, योजना र कार्यक्रमहरु कार्यान्वय गर्ने महत्वपूर्ण भुमिकामा रहेको स्थानीय सरकामा बस्नेहरुको मनोवृति, मनोवज्ञान काम कम र अनियमितता बढी गर्ने गरेको छ । त्यसलाई सहयोग गर्ने, संरक्षण गर्ने भूमिकामा कर्मचारी तन्त्रका पात्रहरु र उनीहरुकै प्रवृतिहरु रहेका छन् । हालै एक संस्थाका लागि म स्वयमले वडा सदस्य महिलाहरुको सर्वे गरेको थिए । त्यसक्रममा वडा सदस्यहरुलाई प्रायः अपवादमा बाहेक सही गर्ने पात्रका रुपमा मात्रै प्रयोग गरेको प्रतिकृया पाईयो । वडा सदस्य महिलालाई केही ठाउँमा केही यात्रा खर्च र भात्ता दिएर फकाई लाखौ, करोडोको काममा सही गर्न लगाएको र कार्यापालिका सदस्यहरुलाई समेत सोही लाईनमा राखेर व्यवहार गरेको पाईयो । बोल्नेलाई केही आर्थिक प्रलोभन र नबोल्नेलाई यात्रा खर्च र भात्ता दिएर काम नगरि कागजी घोडा तयार पारी चरम संस्थागत भ्रष्टचार गरेको पाईयो । स्थानीय तहका जनप्रतिनिधिहरुमा वडा सदस्यहरु भ्ुामिका विहिन रहेकको पाइएको छ । प्रत्येक वडामा दुई महिला सहित चार जना वडा सदस्यहरु रहेकोमा उनीहरु भुमिका विहिन रहेको पाइएको हो । सदस्यहरु वडा अध्यक्षको फोनको भरमा सही गर्ने गरेको पाइएको छ । वडा सदस्यहरुलाई वडा अध्यक्ष र सचिवले काम, कार्यक्रम तथा योजनाहरुको बारेमा जानकारी समेत नदिई निर्णयमा र भुक्तानी सिफारिसमा अनुगमन नै नगरी सही गराउने गरेको महिला वडा सदस्यहरुले गुनासो गरेका छन् ।
केही वडा सदस्यहरुलाई बाटोघाटोको काममा उपभोक्ता समितिबाट लिएको कमिसन वा अन्य वाहानामा लिएको रकमको केही हिस्सा दिएको र महिला सदस्यहरुलाई त्यो समेत नदिई फलानोले सही गरेको छ गरिदिनु न काम भईसकेको छ , भन्दै सही गराउने गरेको अध्ययनका क्रममा फेला गरेका छन् । सही नगरे मासिक वैठक भत्ता रोकिदिने समेत चेतावनी दिने गरेकाले अक्षर नचिन्ने वडा सदस्यहरुले वडा अध्यक्षले जे मा सही गर्न भन्छन, त्यहीमा सही गर्ने गरेको अवस्था छ ।
कार्यापालिकामा समेत कार्यापालिका सदस्यहरुलाई प्रमुख वा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतहरुले एकलौटी गर्ने गरेको कुराकानी र सर्वे गर्दा उनीहरुले आफ्नो हातमुख जोड्ने समस्या भएकाले अरुको कुरामा विस्वास गर्नुपरेको प्रस्सतै गुनासोहरु आएका छन् । वडामा जनताको मतबाट जितेर आएको भएपनि केही वडा सदस्यहरु आफै सुकुम्बासी, दलित र गरिव परिवारका भएकाले काममा असहज भएको सुनाए । केही बैठकमा बोल्न खोज्दा समेत प्रमुख, अध्यक्ष वा वडा अध्यक्षले हासेर उडाउने गरेको, वैठक नियमित नराखेको, लक्ष्ति वर्गका कार्यक्रमहरु थाहा नदिएको , विकास निर्माणमा कमिसनको खेल गर्दा थहा नदिएको र संस्थागत भ्रष्टचारमा लिप्त हुने गरेको समेत सुनाएका छन् ।
भ्रष्टहरुले केहीको वैठक भत्ता एक हजार रुपियाँमा पाँच सय रुपियाँ मात्रै दिएको , वैठकको जानकारी नदिएको, सेवा सुविधा समेत नियमित नदिएको, माईनोट लेखेर ल्याउने र सही गर्न मात्रै लगाएकोे र भौतिक निर्माणको काम भएको । नभएको सबैमा सही गर्न लगाउने गरेको छ ।

बैठकमा बोलाएको तर माईनोट पढ्न नजान्ने भएकाले सुनेको भरमा सही गर्ने गरेको, निरक्षर रहेकाले महिला सदस्यहरुसंग जनचेतना , कानुन र नेतृत्व विकास तालिम दिनुपर्ने आवश्यक रहेको छ ।
एउटै पार्टीको भएपनि निर्णय प्रकृयामा सामेल नगराई सही मात्रै गर्न लगाएको, प्रमुख र वडा अध्यक्षहरुले आफू खुसी गर्ने, बैठकमा बोलाएपनि सही गर्न मात्रै लगाउने , प्रमुख र अध्यक्षले आफू अनुकुल गरि मात्रै बैठक बोलाउने गरेको ,निरक्षर महिला सदस्यहरु भएको वडामा वडा अध्यक्षको रजाई मात्रै होईन पढ्न सक्ने वडा सदस्यहरु भएको वडामा समेत यही अवस्था रहेको छ ।

Previous Post

इनरुवा नगरपालिकाको यर्थात र विकासको गति

Next Post

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Next Post
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana