Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

वर्षा, बाढी र डुवानका कारण विद्यालय बन्द

वर्षा, बाढी र डुवानका कारण विद्यालय बन्द

by नेपाल टाइमलाइन न्यूज
June 29, 2022
in स्थानीय समाचार
A A
0
वर्षा, बाढी र डुवानका कारण विद्यालय बन्द
12
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, असार १५ गते । सुनसरीका अधिकाशं स्थानीय तहले लगातार वर्षा भएपछि बाढी र डुवानलाई ध्यानमा राखी शैक्षिक संस्था बन्द गरिएको छ । जिल्ला सदरमुकाम इनरुवाका शैक्षिक संस्थाहरु अनिश्चितकालका बन्द गरिएको छ भने भोक्राहा नरसिंह गाउँपालिकाले बुधबारदेखि तीन दिनसम्म र इटहरी उपमहानगरपालिकाले पनि बुधबारदेखि विद्यालय बन्द गराएको हो ।
बढी विद्यालयमा पानी पसेको र केही ठाउँमा विधार्थीलाई आवतजानतमा समस्या तथा अझै बाढी आएको खण्डमा विस्थापितहरुलाई राख्नुपर्ने भएकाले बन्द गरिएको छ । बाढीबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा स्थानीय तहहरुका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरिएको जनाएको छछ । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले आकस्मिक बैठक बसेर वर्षाले विस्थापितहरूलाई विद्यालयमा आश्रय दिने निर्णय गरिएको बताउनुभयो । अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १४ गतेदेखी नै अर्को सूचना नआएसम्मका लागि विद्यालयहरु बन्द गरिएको भण्डारीले बताउनुभयो । उता भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्खर आजादले पनि असार १५ गते बुधबार देखि १७ गतेसम्म सबै सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उता इटहरीका विद्यालय पनि बुधबारदेखि १७ गते सम्मका लागि बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखाले जनाएको छ ।
उता तीनदिनदेखीको अबिरल बर्षापछी सुनसरी सदरमुकाम इनरुवाको अधिकाशं क्षेत्र डुवानमा परेको छ । इनरुवाको वडा नम्बर ३, ४, ८, ९ र १० नम्बर वडाको सुनसरी खोला छेउका बस्तीहरु डुवानमा परेको छ । त्यसमध्ये इनरुवा ८ का ३० परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । उता जिल्लामा धेरै ठाउँ डुवानमा परेको र गडन तथा सुनसरी खोलामा कटान तिब्र पारेको छ । यहाँका स्थानीय सुनसरी, गडन, धन उष्णा, बुढी र मरिया खोलामा आएको बाढीले नदी आसपासमा बसोबास गर्नेहरुलाई प्रभावित पारेको छ ।

Previous Post

कविता शिर्षक:- बाढी

Next Post

रामधुनी नगरको बजेट ७१ करोड १४ लाख ८२ हजार

Next Post
रामधुनी नगरको बजेट ७१ करोड १४ लाख ८२ हजार

रामधुनी नगरको बजेट ७१ करोड १४ लाख ८२ हजार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana