Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गढी गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

गढी गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

by नेपाल टाइमलाइन न्यूज
June 30, 2022
in मुख्य खबर, स्थानीय समाचार
A A
0
गढी गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा
11
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार १६ गते । सुनसरीको गढी गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । वीहिबार गाउँपालिकाको औरावनीमा आयोजित एक समारोहका बिच गढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चीत पालिका घोषणा गरिएको हो ।
यहाँका २३ महिनासम्मका सम्पूर्ण बालबालिकाको सर्वेक्षण गर्दा राष्ट्रिय खोप तालिका अनुसार ११ प्रकारका रोग विरुद्धका खोप प्राप्त गरेकाले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको स्वास्थ्य कार्यालय असोक मेहताले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय सुनसरीका स्वास्थ्य प्रमुख सागर प्रसाईले सबै प्रकारका रोगको निर्मुल गर्न बालबालिकालाई खोप अनिवार्य भएको बताउनुहुदै जिल्लालाई नै असार मसान्त भित्र पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा तयारी स्वरुप वीहिबार गढी गाउँपालिकालाई घोषणा गरिएको जानकारी दिनुभयो ।
वहाँले गढीमा एक जना पनि खोप लगाउन बाँकी बालबालिका नभएकोले पूर्ण खोप सुनिश्चीत गाउँपालिका घोषणा गरिएको बताउनुभयो ।
घोषणा कार्यक्रम गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई, गढीका उपाध्यक्ष अनिता कुमारी साह, वडा अध्यक्षहरु चन्द्रदेव सरदार, कुशेश्वर यादव, प्रमुख प्रशासकीय अधिकृत भुपध्वज थापा, लेखा अधिकृत दिलबहादुर खड्का लगायत, स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीको सहभागिता थियो ।
१, सुनसरीको गढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्ने समारोहका सहभागिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

Previous Post

तीन दिन उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

Next Post

विपद प्रतिकार्यका लागि तयारी अवस्था रहन मुख्यमन्त्री राउतको निर्देशन

Next Post
विपद प्रतिकार्यका लागि तयारी अवस्था रहन मुख्यमन्त्री राउतको निर्देशन

विपद प्रतिकार्यका लागि तयारी अवस्था रहन मुख्यमन्त्री राउतको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana