Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’

नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’

by नेपाल टाइमलाइन न्यूज
July 3, 2022
in विश्व, समाचार, स्थानीय समाचार
A A
0
नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’
10
SHARES
Share on FacebookShare on Twitter

 

 

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।

 

धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण ९जिन सिक्वेन्सिङ० मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो । अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा।डा। राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको पुष्टि गरे ।

 

‘अन्य प्रयोगशालाबाट आएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ओमिक्रोनको उपप्रजाति देखिएको छ,’ डा। श्रेष्ठले अनलाइखबरसँग भने,’ यसले ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ फैलिएको छ भन्ने देखाउँछ ।’

 

उनका अनुसार संक्रमित व्यक्तिको ‘हिस्ट्री’ भन्ने खुल्न सकेको छैन । अन्य प्रयोगशालाबाट संकलित नमुना भएका कारण थप जानकारी उपलब्ध नभएको अस्पतालले जनाएको छ । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुन बढिरहेको छ ।

 

दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप, अमेरिका, जमनी लगायतका देशमा बढी संक्रमण फैलाइरहेको छ । जनस्वास्थ्यविद्हरू स्थिर रहेको संक्रमित संख्या दुई सातायता झण्डै चार गुणाले बढ्नुमा ‘बीए फाइभ’ले मद्धत पुर्‍याएको बताउँछन् ।

 

अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउँछन् । ‘केही महिना अगाडि युरोपेली देशमा संक्रमित बढ्नुमा बीए फोर र बीए फाइभ रहेको पाइएको छ,’ डा। पुनले भने,’ नेपालमा पनि पुष्टि भएसँगै संक्रमण फैलाउनुमा ओमिक्रोनको उपप्रजातिको मद्धत पुर्‍याएको पुष्टि हुन्छ ।’

 

तर, ‘बीए फाइभ’ उपप्रजातिको कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागिसकेको छैन । बीए फाइभ’ उपप्रजातिले कस्तो अवस्था ल्याउने अहिले यकिन गर्न नसकिने डा। पुन बताउँछन् ।

 

‘सामान्य लक्षण मात्रै हुनु हो कि १ थप समस्या ल्याउँछ भन्ने कुरा यकीन गर्न सकिदैन,’ डा। पुनले थपे,’ तर, नयाँ उपप्रजातिले पुनः संक्रमण गराउन सक्ने अन्य देशको तथ्यांकले स्पष्ट देखाउँछ ।’

 

त्यसैगरी, संक्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदी पनि नयाँ उपप्रजातिले पुन संक्रमण गराउन सक्ने ठूलो सम्भावना रहेको बताउँछन् । तर, ओमिक्रोनको बीए फाइभ अन्य प्रजातिभन्दा बढी वा कम घातक छ भन्ने खुलेको छैन ।

 

‘हरेक हप्ता संक्रमितको संख्या बढिरहेको छ । खोपको प्रतिरोधात्मक क्षमता कम हुँदै जानुले केही समय संक्रमितको संख्या बढ्नसक्छ,’ डा। सुवेदी भन्छन्,’ तर, ओमिक्रोनको बीए फाइभले कतिको जोखिम ल्याउँछ भन्न गाह्रो छ ।’

 

यसअघि कोरोना भाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरियन्टले संक्रमणको ठूलो लहर निम्त्याएका थिए । तर, ओमिक्रोनको ‘बीए फाइभ’ उपप्रजातिले मानिसहरु पटक–पटक संक्रमित भइसकेकाले थप गम्भीर नहुने अनुमान गर्न सकिए पनि ढुक्क हुन नसकिने डा। सुवेदीको भनाइ छ ।

 

नयाँ लहर आउँदा कत्तिको घातक हुन्छ भन्ने कुरा विभिन्न तत्वले प्रभाव पार्ने डा। सुवेदी बताउँछन् ।

 

विज्ञका अनुसार ओमिक्रोनको अन्य भेरियन्टको संक्रमण भएका मानिसहरूमा पनि पुनः बीए फोर र बीए फाइभ उपप्रजातिको ओमिक्रोन देखिएको छ ।

 

नयाँ उपप्रजातिले पनि वृद्धवृद्धालाई वा अरु स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउन सक्ने जोखिम यथावत रहेको डा। पुन बताउँछन् ।

 

ओमिक्रोनले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न नसकिने डा। पुनको भनाइ छ ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अहिले देखिएको संक्रमण ओमिक्रोन भेरियन्टको पुरानै प्रजाति हो वा होइन भन्नेबारे अनुवांशिक ९जीन सिक्वेन्सिङ० भइरहेको जनाएको छ । प्रयोगशलाकी निर्देशक डा। रुना झाका अनुसार जिन सिक्वेन्सिङको रिपोर्ट सोमबार ९भोलि० आउनेछ ।‘

 

‘हामीले दुई हप्ता अगाडि जिन सिक्वेन्सिङ गरेकोमा ओमिक्रोन देखिएको छ’ डा। झाले भनिन्, ‘पछिल्लो चरणका केसको जिन सिक्वेन्सिङ भइरहेको छ । संक्रमण बढ्नुमा कुन भेरियन्टले हो भन्ने थप पुष्टि होला ।’

 

पछिल्लो समय नेपालमा २४ घण्टामा सबैभन्दा कम चार जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । त्यो सख्या बढेर १५ असारमा २४ घण्टाभित्र ६२ जनामा पुष्टि भएको छ ।

 

असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण देखिएको थियो भने असार १८ गते दुई हजार ४६७ जनामा परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको थियो ।

 

असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल अहिले ३१४ सक्रिय संक्रमित छन् । जसमध्ये ७ जना संस्थागत आइसोलेसन र चार जना सघन उपचार कक्ष ९आईसीयू० मा छन् ।

Previous Post

नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा पछिल्लो समय भिसा दिन निकै कडाइ

Next Post

प्रदेश १ को बजेट पारित

Next Post
प्रदेश १ को बजेट पारित

प्रदेश १ को बजेट पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana