विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्षकाे विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ ।
प्रदेशसभाको आइतबार बसेको बैठकले विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ ।