जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार २३ गते । सुनसरीको गढी गाउँपालिकाको वडा नम्वर ३, ४ र ६ नम्बर वडामा विपन्न तथा अति विपन्न परिवारलाई आर्य आर्जनकालागि बाख्रा र बोका वितरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको सहयोगमा १० वटा समूहका ११२ परिवारलाई बाख्रा तथा खोर व्यवस्थापनका लागि १० हजारका दरले प्रत्येक परिवारलाई सहयोग उपलब्ध गराईएको छ । प्रदेश १ को सरकारको वार्षिक कार्यक्रम अन्तरगत त्यहाँका विपन्न परिवारलाई बाख्रा हस्तान्तरण गर्दै सही सदुपयोग गरेर लाभ लिन आग्रह गरेको छ । स्थानीय सरकारले पनि गाउँको समृद्धीको मूल आधार कृषि नै भएकोले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको बेला भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि कार्यक्रम ल्याएकोमा गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले प्रसंशा गर्नुभयो । अध्यक्ष चौधरीले ‘कृषीलाई आधुनिकीकरण गर्दै सिंचाई, बीऊबिजन तथा मलखादका साथै बजारीकरणसम्मको व्यवस्थापन गर्न हामी अगाडि बढेका छौं ।’ भन्नुभयो, निर्वाहमुखी खेतीलाई निरुत्साहित गर्दै व्यवसायिक खेतीतर्फ प्रोत्साहित गर्न पालिकाले कृषक लक्षित विभिन्न कार्यक्रम ल्याएको छ ।’

अरनीको कृषि सहकारी संस्था लि. गढी ३, सुनसरीको साझेदारी, गढीमाई बृहत्तर बाख्रा पालन समिति गढी ३ द्धारा आयोजित बाख्रा।बोका वितरण तथा सार्वजनिकिकरण कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका सूचना अधिकारी रामप्रसाद मेहता, गढी गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी साह, गढी ३ का वडा अध्यक्ष कुशेश्वर यादव, शिक्षक सत्रुघन साह सहितले आ–आफ्नो धारणा राखेका थए । गढीमाई बृहत्तर बाख्रा पालन समितिका अध्यक्ष मनेश्वर चौधरीको अध्यक्षतामा भएको बाख्रा तथा बोका वितरण कार्यक्रममा अरनीको कृषि सहकारी संस्था लि. गढी ३ छिटाहाका अध्यक्ष रामदेव यादव, समितिका फुलेश्वर देवी चौधरी लगायतका व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा अरनीको कृषि सहकारी संस्था लि. गढी ३ का अध्यक्ष रामदेव यादवले पहिलो पटक छिटाहामा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा कार्यक्रम ल्याएकोमा प्रसंसा सहित धन्यवाद दिनुभएको थियो । गाउँका महिला तथा विपिन्न परिवारहरुले समेत गोठ बनाउने रकम, बाख्रालाई खुवाउने हरियो घाँसको विउँ र बाख्रासगैं विउँ बोका समेत पाएकोले खुसी व्यक्त गरेका छन् । समितिका सचिव उमेश मेहताले गाउँमा पहिलो पटक व्यवस्थीत र व्यवसायित तथा आयआर्जनमा सहयोग पुग्ने गरि कार्यक्रम आएको बताउनुभयो । किसानलाई दुई देखी तीनवटासम्म माउँ बाख्रा र १० समूहमा ११ वटा बोका समेत दिएकाले किसानलाई झनै राहत मिलेको अर्का किसान साविधा मगरले बताउनुभयो । किसान प्रमिला उराँवले आफूहरुलाई गाउँमा गोठ बनाउन र घरमै बाख्रा वितरण गरेकाले खुसी भएको सुनाउनुहुदै सरकारलाई धन्यवाद दिनुभयो ।





