सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ५ बलाहा निवासी साहित्यकार यशोदा अधिकारी आचार्यको जन्मदिनमा सम्मान सहित शुभकामना आदानप्रदान गरिएको छ । सृजनामा इनरुवाको आयोजनामा साहित्यकार तथा शिक्षक आचार्यको निवासमा जन्मोत्सवको अवसरमा सम्मान सहित शुभकामना प्रदान गरिएको हो । जन्म दिनको अवसरमा आयोजित सम्मान तथा शुभकामना कार्यक्रमका सहभागी श्रष्टाहरुले जन्मदिन मनाउदाँ नेपाली मौलिकपन अनुसार मनाउनुपर्नेमा जोड दिएका थिए ।24

कार्यक्रममा सहभागी साहित्यकार माधव सुवेदीले नेपालीको जन्मदिनमा नेपाली मौलीकपन ल्याउनुपर्नेमा जोड दिनुभयो । वहाँले यसको सुरुवात साहित्यकारहरुको जन्मदिनमा सम्मान र शुभकामना दिने बाट सुरु भएकोमा खुशी व्यक्त गर्नुभयो ।
त्यसैगरी साहित्यकार डम्बरुबल्भ भण्डारीले जन्म दिन मनाउने आचार्यलाई आफ्नो रचनाहरुलाई कृतिको रुपमा प्रकाशनमा ल्याउन शुभकामना दिनुभयो । शुभकामना आदानप्रदान गर्न आचार्यको घरमा साहित्यकार तथा सामाजसेवी गोविन्द्र पोखरेल, डम्बरुबल्भ भण्डारी, पत्रकार लक्ष्मी दंगाल, सृजनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवाल, साहित्यकार कान्ता पोखरेल भट्टराई ,साहित्यकार तथा पत्रकार जयकृष्ण यादव, जिवनाथ पोखरेल, रमेन्द्र कोईराला, अर्जुन दाहाल ओखलढुगें सहितको पुग्नुभएको थियो । कार्यक्रममा साहित्य शब्दबाटै शुभकामना दिएका थिए ।




केहीले आफ्नो रचना वाचन गर्नु भएको कार्यक्रम संस्थाको अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षतामा भएको थियो भने प्रमुख अथिति प्राज्ञ जिवनाथ पोख्रेल रहनुभएको थियो । उक्त कार्यक्रमको सहजिकरण र सञ्चालन रमेन्द्र कोईरालाले गर्नुभएको थियो ।





