Thursday, February 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

हाटकर बट्टी मिनाहा गनुपर्ने माग

हरिनगर गाउँपालिकामा हाटकर बट्टी मिनाहा गनुपर्ने माग गर्दै स्थानीयहरु बिरोधमा

by नेपाल टाइमलाइन न्यूज
July 17, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
हाटकर बट्टी मिनाहा गनुपर्ने माग
13
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा हाटकर बट्टी मिनाहा गनुपर्ने माग गर्दै स्थानीयहरु बिरोधमा उत्रेका छन् । हरिनगर नगरिक समाज र युवा वर्गहरुको संयुक्त आयोजनामा हरिनगरको रामनगरभुटाहामा लाग्दै आएको हाटको सबै कर बट्टी मिनाहा गनुपर्ने माग गर्दै विरोत्रमा उत्रेका हुन् ।
रामनगर भुटाहामा भएको बिरोध कार्यक्रममा हरिनगर १ र २ नम्बर वडाका गरि दुई जना वडाध्यक्ष र नेकपा एमालेका नेता तथा कार्यक्रर्ताहरुको समेत उल्लेखिय सहभागीता रहेको युवा मोसिम आलमले जानकारी दिनुभयो ।
स्थानीय युवा वसिम अख्तरका अनुसार हरिनगर गाउँपालिका १ र २ नम्बर वडा कार्यालयले साउन १ गतेबाट कुनैपनि दैनिक वा साप्ताहिक हाट र गुद्रीको कर बट्टी नलिने निर्णय नै गरेको भएपनि गाउँपालिकाले त्यसको विपरित हाट ठेकका लगाएकाले स्थानीयहरु हाटकर बट्टी बाहिस्कार गर्दै विरोधमा उत्रेका हुन् । हाट कर बट्टी मिनाहा गनुपर्ने माग गर्दै आएका सामान्य किसानलाई राहत दिनका लागि वडाले कर नलाग्ने बताएकोमा त्यसको बिरुद्ध गाउँपालिकाले स्थानीय र वडा कार्यालयलाई समेत बाईपास गरि हाट ठेक्का लगाउन खोजेको भन्दै स्थानीयवासीहरु बिरोधमा उत्रेका हुन् ।
गाउँपालिकाको एकल निर्णय र गलत कार्यहरुको भण्डाफोर गर्दै युवाहरुले गाउँपालिकामा पाँचवर्ष यता भएको सबै आम्दानीखर्चको विवरणहरु सार्वजानिक गर्नुपर्ने, अनियमितता र भ्रष्टाचारीहरुलाई कारवाही गर्नुपर्ने, आर्थिक अनियमितता र कमसल काम भएको ठाउँमा उच्चस्तरीय छानबिन समिति बनाएर छानविन गर्नुपर्ने लगायतका माग सेलाउन नपाउँदै हाट कर बट्टी छुटको माग गर्दै बिरोध प्रर्दशन गरेको स्थानीय अहमद मिँयाले जानकारी दिनुभयो ।
बिरोधसभामा स्थानीय नेकपा एमालेका नेता श्रीकृष्ण मेहताले गाउँपालिकाको लुटतन्त्रलाई अन्त्य गर्नका लागि सबै एक जुट हुनुपर्नेमा जोड दिनुहुदै हाटकर बट्टी मिनाहा गनुपर्ने माग गर्नुभयो ।
मेहताले गाउँपालिकामा पाँच वर्षको अवधिमा झण्डैँ दुई अर्व रुपियाँ अनियमितता भएको भन्दै सबैको छानबिन गर्नुपर्ने, अनाधिकृत रुपमा उठाईरहेको हाट कर बट्टी पूर्ण रुपमा उठाउन बन्द गर्नुपर्ने माग गर्नुभयो ।
त्यसैगरी हरिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मोहम्द अंसारीले आफूहरुको निर्णयलाई गाउँपालिकाले बेवास्ता गरेकाले संघर्षमा उत्रन बाध्य बनाएको बताउनुभयो ।
उहाँले आफूहरुको दुई वटा वडामा लाग्ने दैनिक तथा साप्ताहिक हाट र गुद्रीमा कुनैपनि कर गाउँपालिकालाई उठाउन नदिने र व्यापारी तथा किसानहरुलाई करबट्टीको नाममा कुनैपनि रकम नतिर्न आग्रह गर्नुभयो ।
आन्दोलन तथा विरोध कार्यक्रमको दिन किसान तथा व्यापारीहरुले बट्टी कर बहिष्कार गरी वडा र नागरिक समाजको आन्दोलनलाई ऐक्यवद्धता जनाएका छन् ।
सोही सभामा नेकपा एमालेका नेता तथा मुस्लिम समुदायका अगुवा जफर जमालीले स्थानीय सरकार कर बढाएर जनतालाई ढाड सेक्ने काम गरेको र त्यसमाथी आफ्नै खेतबारीमा उब्जाएको तरकारी बिक्री गर्न आउँदा अनावश्यक तनाव दिएर कर संकलन गरेकोले त्यसलाई पूर्णरुपमा बन्द गर्नुपर्ने तर्क गर्नुभयो ।
उहाँले किसानमाथीको अन्याय, अत्याचार र दमन शोषण बन्द गरी समयमा मलखाद्य र बिउ तथा उचित बजारको व्यवस्थापन गर्न स्थानीय सरकारलाई सुझाव दिनुभयो ।
युवा नेता देवनन्दन मेहताले स्थानीय सरकारले जनतामाथी अन्याय हुने खालको कुनैपनि काम गर्न नहुने भन्दै हाट र बाटोको नाममा कुनैपनि कर नउठाउन आग्रह गर्दै अटेर गरे थप आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
सोही कार्यक्रममा हरिनगर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष प्रविण प्रसाद गुप्ताले आफूहरुको निर्णयलाई गाउँपालिकाले उपेक्षा गर्न खोजेको भन्दै कडा बिरोध गर्ने चेतावनी दिनुभएको छ ।
उहाँले आफूहरुको निर्णयलाई वेवास्ता गरेको खण्डमा जनता सहितको साथमा थप संघर्ष गर्ने चेतावनी दिनुभयो । गुप्ताले कृषिको नाममा सवाँ २ करोड, स्वास्थ्यका नाममा करोडौँ र विकासका नाममा अरब बढी अनियमितता गरेको दाबी गर्दै सबैको सुक्ष्म छानबिन हुनुपर्ने माग गर्नुभयो । गुप्ताले गाउँवासीलाई हाट करबट्टीको नाममा कुनैपनि कर नतिर्न अपील गर्नुभयो । नागरिक समाजका अगुवा मोजोमिल अहमदले गरिब विपन्न किसानजलाई ५० देखी १०० रुपियाँको समान वा साग, तरकारी विक्रि गर्दा समेत २० देखी ४० रुपियाँसम्म हाटकर बट्टीको नाममा असुल गरेकाले त्यसलाई पूर्ण मिनाहा गनुपर्ने माग गर्नुभयो ।

Previous Post

मैथिली कला र साहित्यमा जोड

Next Post

अवकाशदिईएको निर्णय प्रतीनेकपा(एमाले)पार्टीको गम्भिर ध्यानाकर्षण

Next Post

अवकाशदिईएको निर्णय प्रतीनेकपा(एमाले)पार्टीको गम्भिर ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana