सुनसरी । नियन्त्रित गतिमा सवारी साधन चलाउन जिल्ला प्रहरी कार्यालय सुनसरीले आग्रह गरेको छ । जिल्लामा बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्नका लागि नियन्त्रित गतिमा सवारी साधन चलाउन चालकहरुलाई आग्रह गरेका छन् ।
सुनसरीमा दैनिक दुर्घटना भइ रहेको क्रम बढेपछि सुनसरी प्रहरीले चालकहरुलाई गाडी रोकेर सम्झाउन बुझाउन थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत सन्देश मुलक स्टाटस लेख्दै सवार चालकहरुलाई नियन्त्रित गतिमा सवारी साधन चलाउन आग्रह गरेका छन् ।
सुनसरी प्रहरीले लेखेका छन् ,’ गाडीले ढोकामा यात्रु झून्डाएर लाने, अनियन्त्रित गतिका साथ दौडने गरेको पाईएको छ। प्रहरीको सामुमा सबै ठिक गरेर चलाउने, आखा छल्न पायो कि उही चाला । यीनिहरुबाट सर्वसाधरण जोखिममा छन । यात्रुहरु होसियार रहन, नियन्त्रित गतिमा सवारी चलाउन र ढोका लगाएर चलाउन सबै चालक र सहचालकलाई सम्झाउन सम्बन्धित प्रालिका कम्पनी हरुलाई अनुरोध गर्दछाैँ ।





