Monday, February 23, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

स्वास्थ्य प्रति सबै सचेत हुन जरुरी ः मन्त्री यादव

कोशीका जनप्रतिनिधि सम्मानित, बालबालिकालाई पोशाक वितरण

by नेपाल टाइमलाइन न्यूज
July 24, 2022
in मुख्य खबर, समाचार
A A
0
स्वास्थ्य प्रति सबै सचेत हुन जरुरी ः मन्त्री यादव
15
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको कोशी गाउँपालिकामा कोशी प्रगतिशील समाज सुनसरीको आयोजनामा कोशका जनप्रतिनिधि सम्मान तथा बालबालिका एवम् विधार्थीलाई पोशाक वितरण गरिएको छ । कार्यक्रममा कोशीका सबै वडालाई सम्बोधन हुने गरी आधारभुत तहमा पढ्ने विधार्थी बालबालिकाहरुलाई पोशाक वितरण गरेको हो । प्रदेश स्वास्थ्य मन्त्री जयराम यादवले समाजका तर्फबाट पोशाक वितरण गर्नुभयो । आयोजक संस्था समाजका सचिव ब्रहमदेव यादवका अनुसार कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, कोशी १ का वडा अध्यक्ष सोभितनारायाण यादव, २ का वडा अध्यक्ष ध्यानी उराँव, ३ का वडा अध्यक्ष सुलेमान अंसारी, ४ का वडा अध्यक्ष इसराईल मंसुरी, ६ का वडा अध्यक्ष जुडीलाल कोडोकिया, ७ का वडा अध्यक्ष लालदेव सदा र ८ का वडा अध्यक्ष बलराम क्षेत्री सहितका जनप्रतिनिधिलाई सम्मान गरेको छ । त्यसैगरी कोशीका ११० जना विपन्न तथा गरिब विधार्थीलाई पोशाक वितरण समेत गरेको यादवले बताउनुभयो ।
कार्यक्रमको उद्घाटनमा भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहता, अधिवत्ता पन्चदेव मेहता, जनता मावि मधुवनका प्रधानाध्यापक गंगाप्रसाद यादव, कोशी मावि पश्चिम कुशाहाका प्रधानाध्यापक कन्चन कुमारी यादव सहितकाले बालबालिकाहरुलाई पोशाक वितरण गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।
सोही कार्यक्रममा प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले बढ्दो शहरीकरण र अनाजमा रसायनिक मल तथा विषाधीको प्रयोगले मानव स्वास्थ्यमा असर पर्ने भएकाले सबै सचेत हुनुपर्नुे बताउनुभयो । पच्छिलो समय विराटनगरमा देखिएको कोरोना नियन्त्रणमा रहेको भएपनि स्वास्थ्य प्रति सबै सचेत हुन जरुरी रहेको बताउनुभयो । मन्त्री यादवले प्रदेश नं. १ को सबै जिल्ला अस्पतालको स्तोरोन्नती गर्न लागेको जानकारी दिनुहुदै जिल्ला अस्पतालहरुको समस्या समाधान गर्ने बताउनुभयो ।
कार्यक्रमममा कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले युवाहरुको पहलमा गाउँका ११० बढी बालबालिकाहरुलाई पोशाक वितरण र जनप्रतिनिधिहरुलाई सम्मान गरेर राम्रो काम भएको बताउनुभयो । वहाँले कोशी प्रगतिशील समाज सुनसरीले पिछडिएको ठाउँका विपन्न परिवारका बालबालिकाहरु तथा विधार्थीलाई पोशाक वितरण कार्यक्रमले बालबालिकामा हौसला बढेको बताउनुभयो ।
कोशी प्रगतिशील समाज सुनसरीका अध्यक्ष नारायण प्रसाद यादवको अध्यक्षता तथा प्रदेश स्वास्थ्य मन्त्री जयराम यादवको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।


१, सुनसरीको कोशी गाउँपालिकामा कोशी प्रगतिशील समाज सुनसरीको आयोजनामा भएको जनप्रतिनिधि सम्मान तथा विधार्थीलाई पोशाक वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री जयराम यादव ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

 

Previous Post

नियन्त्रित गतिमा सवारी साधन चलाउन सुनसरी प्रहरीको आग्रह

Next Post

इनरुवामा साहित्य कार्यक्रम सम्पन्न

Next Post
इनरुवामा साहित्य कार्यक्रम सम्पन्न

इनरुवामा साहित्य कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana