Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवा अस्पतालमा पनि ईको र इन्डोस्कोपी शुरु

इनरुवा अस्पतालमा पनि ईको र इन्डोस्कोपी शुरु

by नेपाल टाइमलाइन न्यूज
August 6, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
इनरुवा अस्पतालमा पनि ईको र इन्डोस्कोपी शुरु
28
SHARES
Share on FacebookShare on Twitter

 

सुकदेब चौधरी
इनरुवा, साउन २१ गते । सुनसरीको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पतालले पछिल्लो समय सेवा विस्तार गरेको छ । अस्पातलमा आफ्नो विभिन्न प्रविधि र सुविधा भित्रयाउने क्रममा शनिवारदेखि ईको र इन्डोस्कोपी सेवा पनि शुचारु गरेको छ ।

अस्पतालमा पेट, आन्द्र, कलेजो तथा मुटु सम्बन्धि रोग जाँच गराउन आउने विरामीहरुलाई लक्षित गरी ईको र इन्डोस्कोपी मेसिन जडान गरी एक कार्यक्रमको बिच जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता र इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले संयुक्त रुपमा उदघाटन गर्नुभयो । उद्घाटनसंगै ईका र इन्डोस्कोपी सेवा सुचारु भएको अस्पतालका मेसु डा.देवराज घिमिरेले जानकारी दिनुभयो । डा. घिमिरेका अनुसार आफू बिमा रकम पहल गर्नका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंग आग्रह गर्न गएको मौकामा अस्पतालको अवस्था बारेमा सोधखोज र जानकारी गर्दा थप सेवा विस्तारको लागि इको र इन्डोस्कोपी मेसिन ल्याउन सफल भएको हो । वहाँले मेसिन ल्याउनका लागि सभासद सिताराम मेहता, प्रदेश सभासद राजिव कोइराला तथा इनरुवाका मेयर समेतको ठूलो भूमिका रहेको जानकारी दिनुभयो ।
तत्काल यी सेवाहरु संचालन गर्नका लागि विराटनगरको नोबेल अस्पतालका पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ एमडि डिएम डाक्टर मोहन खड्काले निशुल्क स्वास्थ्य शिवार तथा स्वास्थ्य परीक्षण गरी सामाजिक सेवाको भावनाले अस्पतालमा सहयोग स्वरुप सेवा लिन आएका विरामीको इको तथा इन्डोस्कोपी गराईरहनु भएको मेसु घिमिरेले जानकारी दिनुभयो ।


कार्यक्रममा नगर प्रमुख भण्डारीले इनरुवा नगर क्षेत्र भित्र रहेको गरिब विपन्न वर्गका लागि नगरले छुटयाएको २० लाख रुपियाँको सेवा लिन अस्पताललाई जहिले पनि सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो । वहाँले इनरुवा आसपास क्षेत्रका विरामीहरुलाई इनरुवा अस्पतालको सेवा लिनका लागि नगरपालिकाबाट हुन सक्ने सहयोग, सहकार्य तथा साथ रहने बताउनुभयो ।
त्यसैगरी स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसालेले इनरुवामा रहेको ५० वेडको इनरुवा अस्पतालमा विभिन्न चुनौतीका बावजुद मेसु डा.घिमिरेको निरन्तर प्रयासले इको र इन्डोस्कोपी सेवा विस्तार गरी थप सुविधाहरु दिएको बताउनुभयो ।
उदघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र साह, नेकपा एमाले सुनसरीका नेता प्रशुराम यादव, अस्पताल विकास समितिका सदस्य तोया गिरी पौद्धार लगायतकाले इनरुवा अस्पतालको इको र इन्डोस्कापी सेवाले नागरिकलाई लाभ पुग्ने बताउनुभएको थियो
१, उदघाटन गर्दै जिससका प्रमुख राजन मेहता र इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी ।


२. इको र इन्डोस्कोपी उदघाटन गरिएका मेसिनहरु ।

 

Previous Post

सप्तरीका तीन पालिकामा हाई अलर्ट जारी

Next Post

सामाजिक जीवन केन्द्रको १३ औं साधारण सभा

Next Post

सामाजिक जीवन केन्द्रको १३ औं साधारण सभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana