Saturday, February 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

जिल्लामा हुने गुण्डागर्दी पूर्ण रुपमा रोक्ने, छिटो–छरितो र निष्पक्ष प्रहरी सेवा प्रवाह गर्छु : प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल 

जिल्लामा हुने गुण्डागर्दी पूर्ण रुपमा रोक्ने, छिटो–छरितो र निष्पक्ष प्रहरी सेवा प्रवाह गर्छु : प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल 

by नेपाल टाइमलाइन न्यूज
August 9, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
जिल्लामा हुने गुण्डागर्दी पूर्ण रुपमा रोक्ने, छिटो–छरितो र निष्पक्ष प्रहरी सेवा प्रवाह गर्छु : प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल 
16
SHARES
Share on FacebookShare on Twitter

 

सुनसरी । सुनसरी जिल्लामा भर्खरै मात्र सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख उपरीक्षक (एसपी) प्रभु प्रसाद ढकालले मंगलवार जिल्ला प्रहरी कार्यालय सुनसरीको सभाहलमा जिल्लाका पत्रकारहरुसँग भेटघाट, परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

 

अन्तरक्रिया कार्यक्रममा प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले समग्र जिल्लाको शान्ति सुरक्षामा पत्रकार र प्रहरीबीचको समन्वयकारी भुमिकाको आवश्यक रहने बताउदै ऐन कानूनको परिधिभित्र रहेर काम गर्ने बताउनुभयो । जिल्लामा शान्ति सुब्यवस्था र मानवअधिकारको रक्षार्थ आफु सदैव क्रियाशिल रहेको र आगामी दिनमा समेत निरन्तरता दिईने उनको भनाई छ ।

 

प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले सेवाग्राहीहरुलाई मुस्कान सहितको खुशी भएर सेवा दिने बताउनुभयो । उनले आफ्नो कार्यकालमा प्रहरीबाट कसैलाई दुर्ववहार हुने वातावरण बन्न नदिने दाबी गर्नुभयो । उनले कुनैपनि प्रहरीले कसैलाई दुर्ववहार गरेको खबर पाएपछि कानुन बमोजिम कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एसपीले ढकालले सामाजिक संजाल प्रयोग कर्ताहरुलाई सदुपयोग गरेर चलाउन आग्रह गर्नुभएको छ । सामाजिक संजालको दुरुपयोग भएमा साइबर अपराधको मुद्दा चलाएर कार्वाही गर्नेपनि बताउनुभयो । आफुले छोटाे समयमा ठुलो परिमाणमा गर गहना चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेर कार्वाही गरेको, इटहरीबाट ४० ग्राम ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरेको बताउदै २ वर्ष ९ महिनाको कैद सजाय र २ लाख ५० हजार भन्दा बढीको राजस्व बुझाएको बताउनुभयो ।

 

कार्यक्रममा प्रहरी उपरिक्षक ढकालले जिल्लामा हुने सम्भावित अबैध कार्यलाई पूर्ण रुपमा रोक्ने प्रतिवद्धता जनाउनुभएको छ । वहाँले छिटो–छरितो र निष्पक्ष प्रहरी सेवा प्रवाह गर्ने, जिल्लामा भरपर्दो शान्ति सुरक्षाको व्यवस्थापनको लागि उपलब्ध श्रोत साधनहरुको परिचालन गर्ने, पेन्डिङ्ग मुद्दाहरुको अनुसन्धानलाई निरन्तरता दिने बताउनुभएको छ ।

 

जिल्लाभित्र हुने गरेको गुण्डागर्दी लगायतका समस्याहरुलाई पूर्ण रुपमा रोक्ने, प्रहरी संगठनभित्रको एकरुपतालाई बलियो पार्दै लैजाने, जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रमा हुने अवैध गतिविधीलाई निरुत्साहित पार्ने लगायतको कामलाई आफ्नो कार्यकालमा प्राथमिकतामा राख्ने बताउनुभएको छ। जिल्लामा हुने तस्करी, जुवातास र लागूऔषध सेवन तथा होटलहरुमा हुने यौन धन्दा लगायतको कारोबारलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताउदै जिल्लामा हुने शान्ती सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, महिला हिंसा, झैझगडा अन्त्य गर्न पत्रकारहरुसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

 

परिचयात्मक कार्यक्रममा पत्रकारहरूले कसैले दबाब र प्रभावमा नपरी काम गर्न जिल्ला प्रहरी प्रमुख ढकाललाई सुझाव दिएका थिए । शान्ति सुरक्षाका हिसाबले सुनसरी जिल्ला संवेदनशील भएको भन्दै पत्रकारहरूले कसैको प्रभाव र दबाबमा नपरेर शान्ति शुरक्षामा अहोरात्र खटिन ढकाललाई अनुरोध समेत गरेका थिए । परिचयात्मक कार्यक्रममा सहभागि पत्रकारहरुले सुनसरीमा लागु औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, चोरी नियन्त्रणसँगै जिल्लामा शान्ति सुरक्षा प्रदान गर्नु प्रहरीले सबै सँग सहकार्य गर्दै जान सुझाव दिएका छन् ।

 

पत्रकारहरुले जिल्लामा खुल्ला सिमानाकाले कर छली भइरहेको र सुपारी र गाजाको कारोबारले सुनसरी जिल्लाको बद्नामी हुँदै आएको र आर्थिक मन्दी समेत भएकाले प्रहरीलाई निगरानी बढाउन सुझाव दिएका छन् । जिल्लामा लागु औषधसँगै काठ तस्कर, सुपारी, गाइ, राङा, पाडा, पाडी लगायत मदिराको तस्कर बढ्दै गएको र समाजमा सद्भाव विग्रदै गएकोले कमजोरी रहेको क्षेत्रमा प्रहरी प्रशासनले सबैसँग समन्वयन गर्नुपर्ने र योजनाबद्ध तरिकाले शान्ति सुरक्षा कायम गर्न नागरिक स्वंम जिम्मेवार भएर कार्य गर्न वातावरण बनाइदिन आग्रह गरेका छन् ।

 

यसअघिका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा सरुवा भएपछि ढकाल यहाँ सरुवा भएर आएका हुन् ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रतिक्षण दैनिकका प्रकाशक इकबाल अहमद, वर्णमाला दैनिकका प्रकाशक शशी कोइराला, जनशताब्दी दैनिकका प्रकाशक प्रमोद यादव, कोचिला खबरका प्रकाशक अकबर अलि, कोचिला खबरका सम्पादक प्रेम प्रसाद गिरी, गुगल दैनिकका प्रकाश आशिष यादव, न्युज २४ नेपालका सुनसरी सम्वाददाता पत्रकार मनोज भुजेल, पत्रकार अमर काफ्ले, मिकाइल आलम, विरेन्द्र शाह, लुकमान अन्सारी, मुस्ताक आलम, नसिम अन्सारी, गणेश यादव, रवीन्द्र कुमार यादव लगायतका पत्रकारहरुको उपस्थिति थियोे ।

Previous Post

इनरुवामा गुरु दक्षिणा कार्यक्रम सम्पन्न

Next Post

मूख्यमन्त्री नै प्रदेशको नामाकरणमा उदासिन ः कोईराला

Next Post
मूख्यमन्त्री नै प्रदेशको नामाकरणमा उदासिन ः कोईराला

मूख्यमन्त्री नै प्रदेशको नामाकरणमा उदासिन ः कोईराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana