जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन २४ गते । नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव कोईरालाले प्रदेश १ को नामाकरण गर्न प्रदेश सरकारका मूख्यमन्त्री नै उदासिन रहेको बताउनुभएको छ ।
नेपाल महिला संघ सुनसरी क्षेत्र नम्बर २ को आयोजनामा देवानगञ्जमा आयोजित नेपाल महिला संघको ७५ औं स्थापना दिवश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै वहाँले देशको सबै प्रदेशको नाम जुर्दा प्रदेश १ नाम विहीनी हुनुमा प्रदेश सरकारका प्रमुख नै बाधक हरेको बताउनुभयो ।
कार्यक्रमको प्रमुख अथिती रहनुभएका कोइरालाले संघको स्थापना दिवसको अवसरमा महिला नेत्रीहरुलाई शुभकामना दिनुहुदै विगतमा संस्थापनहरुको योगदानलाई कदर गर्नुपर्नेमा जोड समेत दिनुभयो । वहाँले प्रदेश सरकारले नमाकरण नगर्ने पक्षमा रहेको तर सबै दोष नेपाली काङ्ग्रेसलाई देखाउने गरेकाले त्यसको भ्रममा नपर्न आग्रह गर्नुभयो । वहाँले प्रदेशको नामाकरण नगर्नुको मूख्य कारण भोट रहेको समेत दावी गर्नुभयो ।
पर्टीका प्रदेश १ का संसदीय दलका नेता समेत रहनुभएका कोईरालाले प्रदेशको नाम साझाँ सहमती हुने कुरा भएपनि प्रदेश सरकारका प्रमुखले नै इक्छा नदेखाएका कारणले ओझेलमा परेको आरोप लगाउनुभयो । कोईरालाले देशको विकासमा नेपाली काग्रेंसको महत्वपूर्ण योगदान रहेकाले अगामि आम निर्वाचनमा काग्रेंसलाई बहुमतका साथ विजयी गराउनुपर्ने धारणा राख्नुभयो ।
वहाँले महिलाहरुको प्रतिनिधित्व गराउने पहिलो पार्टी काग्रेंस नै भएकाले सामानुपातिक सहभागिता र समतामूलक समाज निर्माणमा लागेकोले मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा काग्रेंसलाई बहुमतका साथ विजयी गराउन आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा पार्टीका जिल्ला सभापती तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले आम निर्वाचनमा आधिकारीक उम्मेदबारलाई जिताउनका लागि आग्रह गर्नुभयो । मंगलबार नेपाल महिला संघको ७५ ओ स्थापन दिवस कार्यक्रममा संघका संस्थापक तथा सहयोगीहरुको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिका मेयर केदार भण्डारी, प्रदेश सांसद ज्योती सुब्बा, पार्टीका देवानगन्ज गाउँपालिका सभापति जगधर यादव, संघकी नगर सभापती तथा जिल्ला समन्वय समिति उप प्रमुख कमला दाहाल खतिवडा, संघका क्षेत्रीय सभापती तथा देवानगन्ज गाउँपालिका उपाध्यक्ष कुमारी बिभा यादव, आशा चौधरी, पार्टीका रफुल अंसारी सहितकाले संघको स्थापना दिवशका बारेमा चर्चा गर्नुभएको थियो ।
नेपाल महिला संघ सुनसरी क्षेत्र नम्बर २ को क्षेत्रीय सभापती तथा देवानगन्ज गाउँपालिका उपाध्यक्ष कुमारी बिभा यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
१, नेपाल महिला संघ सुनसरी क्षेत्र नम्बर २ को आयोजनामा देवानगञ्जमा आयोजित नेपाल महिला संघको ७५ औं स्थापना दिवश कार्यक्रमका अथिति सहितका ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा





