रौतहट । स्थानीय तह निर्वाचनका लागि राजपुर नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
रौतहटको राजपुर नगरपालिका अन्तर्गत संचालित प्राथमिक स्वास्थ केन्द्र राजपुर फरहदवामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
निर्वाचन अधिकृत सुनिल निरौलाले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाइएको बताए।
राजपुर नगरपालिकामा जम्मा ९ वटा वडा रहेकोे छ । सो उद्घाटन कार्यक्रममा राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, लेखा अधिकृत मनोज राज कर्ण, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख खुर्सिद आलम उपस्थिति थिए ।