इनरुवा, भदौ १ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकाको भरौल क्षेत्रबाट अबैध रुपमा ल्याउदै गरेको सखुवाको गोलिया सहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । बनको गस्ती टोलीले मंगलबार बिहान जिल्लाको बराहाक्षेत्र नगरपालिका वडा नं. ३ देविस्थानबाट सखुवाको गोलिया सहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नडाहाबाट खटिगएको प्रहरीको गस्ति टोलीले चेकजाच गर्ने क्रममा बराहाक्षेत्र ७ का २७ वर्षिय कालु परियारले चलाईरहेको मे १ त ६७४१ नम्बरको ट्याकटरको डालामा अबैधरुपमा लुकाई छिपाई राखेको सखुवा जातको तीन थान गोलिया काठ फेला पारी नियन्त्रणमा डिभिजन बन कार्यालय सुनसरीले जनाएको छ ।
थप अनुसन्धानको लागि उक्त काठ , ट्याकर र चालक परियार समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि तरहरा वन कार्यालयलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका परियारलाई अदालतबाट म्याद दिई तरहरा वन कार्यालयको हिरासतमा राखिएको वन कार्यालयका उमेश गौतमले जानकारी दिनुभएको छ ।





