इनरुवा /
सुनसरी इनरुवा नगरपालिका स्थित लुम्विनी बिकास वैंक इनरुवा शाखाले आफ्नोग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले भदौं ५ गते देखि इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेकोे छ ।
यस विकास बैंकको स्थान्तरित इनरुवाशाखाको उदघाटन विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रुपमा गर्नु भयो । यस बैंकको नेपालको सातै प्रदेशमा गरी ८६ शाखाबाट सेवाग्राहीहरुलाई निरन्तर सहयात्रा भन्नेनाराका साथ उच्च स्तरीय एवम आधुनिक तथा नबिनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै र अधिक्ततम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती शाखामा मासिक रुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ । इनरुवा शाखाले इनरुवा नगरपालिका संगै जोडिएका भोक्राहानरसिंह हरिनगर,बर्जु, कोशी देवानगंज लगायतका क्षेत्रमा सुलभ तरिकाले कर्जा लगानी गरी स्थानीय तहका नागरिकहरुको आर्थिक क्षमता वृद्धि गर्न उल्लेखनीय योगदान पु¥याउदै आएको छ । इनरुवा नगरभित्र एक विश्वाशीलौ र सहज सजिलौ सेवा प्रदान गर्ने बैंकको रुपमा समेत काग गर्न सफल भई लोकप्रिय भएको छ । उदघाटन कार्यक्रममा इनरुवा क्षेत्र भित्र बैंकको शाखा राखि यहाँको ब्यापारलाई थप मद्यदत पुर्याएर इनरुवालाई बिकासमा अहम भुमिका पुर्याएको र आउने दिनमा समेत जनताको मन र मर्दन जितेर सेवा पुर्याउन समेत शुभकामना सहित आफनो स्वागत मन्तव्य इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले राखेका थिए । यस्तै स्वागत मन्तव्यको क्रममा उधोग बाणिज्य संघ इनरुवा शाखा अध्यक्षले लुम्विनी बिकास बैंक विरगंज फैइनान्स कैं रुपमा शाखा राखि सेवा प्रदान गर्दे आएको र यस वैंकले जनताको मन जित्न सफल भएको आउने दिनमा समेत सफलको रुपमा रहिरहन शुभकामना ब्यतm गरेका थिए । उदघाटन कार्यक्रममा लुम्विनी बिकास वैंकको प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, वैंक अध्यक्ष प्रविण कृष्णा श्रेष्ठ, इनरुवा नगरपालिकाको मेयर केदार भण्डारी, उधोग बाणिज्य संघ इनरुवा शाखा अध्यक्ष बिरेन्द्र साह, उपाध्यक्ष गिरीराज अटल, पत्रकार जयकृष्ण यादव लुकमान अन्सारी, प्रमोद यादब, बैंक भएको कारोवार र इनरुवा नगर क्षेत्र भित्र रहेको ब्यपारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको इनरुवा शाखाका सहायक प्रबन्धक नवराज अधिकारीले वताए ।
नेपाल टाइम लाइन न्युज कार्यालयमा सम्पर्क गर्न तल दिएको नं सम्पर्क गर्नु सक्नुहुन्छ !👇






