इनरुवा, भदौ ६ गते । सुनसरी र उदयपुरका कोशी बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । राहत वितरण गर्ने क्रममा भादौ ४ गते सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नंम्बर ६ र ९ स्थित श्रीलंका टापुका कोशी बाढी प्रभावित परिवारलाई राहत वितरण गरेको हो ।
ASIA PACIFIC ALLIANCE FOR DISASTER MANAGEMENT एसिया प्यासिफिक एलाईन्स फर डिजास्टर म्यानेजमेन्टको सहयोगमा संकल्प सी.बी.आर.नेपाल सुनसरीले यहाँका ५६ घरधुरीलाई राहत वितरण गरिएको छ । त्यसैगरी चौधरी फाउन्डेसनबाट २५ घरधुरी र करूणा फाउन्डेसनबाट ३५ घरधुरी गरि ११६ घरधुरीलाई बराहक्षेत्रका मेयर रमेश कार्कीको अध्यक्षतामा, संघीय सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको थियो ।
राहत वितरण कार्यक्रममा उममेयर, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल तथा वडाध्यक्षहरूको आतिथ्यतामा राहत सामग्री वितरण कार्य सम्पन्न भएको संस्थाका लखनलाल साहले जानकारी दिनुभयो ।
साहका अनुसार प्रति घरधुरी परिवारलाई चामल २५ किलो, दाल २ किलो, चिनी २ किलो, नुन १ किलो, खानेतेल २ लिटर, बेसार २ प्याकेट, सुपानेट झुल १ थान, ईलेक्टिक टर्च लाईट १ थान र साबुन ६ थानका दरले राहत वितरण गरिएको छ ।
त्यसैगरी भादौ ५ गते आईतबार उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. ३ श्रीलंका टापुका कोशी बाढी प्रभावित परिवारलाईलाई पनि एसिया प्यासिफिक एलाईन्स फर डिजास्टर म्यानेजमेन्टको सहयोगमा संकल्प सी.बी.आर.नेपाल सुनसरीले यहाँका १२० घरधुरीलाई राहत वितरण गरिएको छ ।
यहाँका प्रति घरधुरी परिवारमा चामल २५ किलो, दाल २ किलो, चिनी २ किलो, नुन १ किलो, खानेतेल २ लिटर, बेसार २ प्याकेट, सुपानेट झुल १ थान राहत वितरण गरिएको छ । यहाँ एसिया प्यासिफिक एलाईन्स फर डिजास्टर म्यानेजमेन्टको सहयोगमा बाहेक चौधरी फाउन्डेसनबाट १२० घरधुरीलाई ईलेक्टिक टर्च लाईट १ थान र साबुन ६ थान सहितको राहत सामग्री पनि वितरण गरिएको साहले जानकारी दिनुभयो ।