Saturday, February 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

धानबाली सुक्न थालेको भन्दै राती महिलाद्धारा जतजाटिन खेल्दै

धानबाली सुक्न थालेको भन्दै राती महिलाद्धारा जतजाटिन खेल्दै

by नेपाल टाइमलाइन न्यूज
August 23, 2022
in खेलकुद, चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
धानबाली सुक्न थालेको भन्दै राती महिलाद्धारा जतजाटिन खेल्दै
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीमा धान रोपाई सकिएको करिब दुई महिना हुन लागेको छ तर अकाशे भरमा धान लगाएको धानबाली सुक्न थालेको छ । यसको मूख्य कारण हो एक महिनायता पर्याप्त वर्षा नहुनु र अत्याधिक गर्मी हुनु । यसले गर्दा भगवान इन्द्र सिराएको हो की भनेर पानी पार्न भन्दै मन्दिरमा भाकल गर्ने र राती महिलाहरुले सामूहिक मौलिक गीतनाच गाउने जतजाटिन खेल्ने क्रम बढेको छ ।

सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका अधिकाशं क्षेत्रमा वर्षा प्रयाप्त नभएको दैनिक जनजिवन प्रभावित हुनुका साथै धानबाली सुक्ने अवस्था आएकाले इन्द्र भगवानलाई खुसी पार्न रातीराती महिलाहरुले सामूहिक मौलिक गीतनाच गाउने जतजाटिन खेल्ने क्रम बढेको हो । आईतबार राती जिल्लाको गढी गाउँपालिका वडा नम्बर ३ छिटाहामा साह टोल र मेहता टोलमा एक साथ राती महिलाहरुले जतजाटिन खेलेको गढी ३ छिटाहाका शिव नारायणले जानकारी दिए ।

शिव नारायणका अनुसार ईन्द्रलाई मनाएर, खुसी पारेर पानी बर्षा गराउन जटजाटीन खेलेको हो ।

यसैबीच करिब एक महिनादेखि पानी नपरेर धान बाली सहित तरकारी र अन्य बेमौसमी नाली सुक्न थालेपछि यहाँका किसान देउताको भाकल गर्न थालेका छन् । उनीहरुले देउताको मन्दिरमा पूजा गर्ने, हाँस परेवा चढाउने, कागज घोडा र घण्टा चढाउनेदेखि थानमा बोका बलि चढाउने गर्न थालेका छन् । किसानले वर्षाको बेलामा नै प्रत्याप्त वर्षा भएको र कुनै बेला अनाधिकृति रुपमा बाढी आउने गरि वर्षा हुने गरेकाले यसमा देउता सिराएको रुडिबासी संस्कारलाई अगांल्दै पानी पर्नभन्दै भाकल गर्ने क्रम बढेको छ ।

देउताको पूजा आराधाना गरे पानी पर्ने विश्वासले भाकल गर्न थालिएको इनरुवा ९ बबियाका स्थानीय मोतिलाल यादवले बताँउनुभयो । खडेरीले बालीनाली सुकाएको, विभिन्न प्रकारका रोग व्याधि भित्रन सक्ने खतरा बढएकाले अन्तिम दैवी शक्तिका रुपमा रहेका देउताको भाकल गरिरहेको स्थानीयहरुले बताएका छन् ।

यादवका अनुसार गाउँका झण्डै दर्जन बढी देउताको मन्दिरमा पुजापाठ र भाकल अनि प्रसाद ल्याएर चढाइएको छ । महिलाहरुले रातभर देउताको नाममा जाग्राम बसेर पूजा गर्ने र जटजाटीन खेल्ने गरेको अर्का स्थानीय संगिता रामले बताए ।

अन्तिम शक्ति भनेको देवता नै हुन् । देवताको भाकल गरे अवश्य नै बर्षा हुनेछ, स्थानीय सियाराम यादवले भने, ‘बर्षा भए किसानको बाली राम्रो हुनेछ । नत्र न किसान रहने छन् नत कृषि कर्म नै रहनेछ ।’

रामका अनुसार गाउँमा देउताका नाममा रातभर जाग्राम बस्ने, देउता खुसी बनाउन अनेकन विकल्प अपनाउने गरिरहेका छन् । तीव्र जनसंख्या वृद्धि, वनजंगलको बिनास, वनजंगलमा आगजनीदेखि परम्परागत रितिथिती भत्किएकोले समयमै पानी नपरेको बुढापाका बताउँछन् ।

जिल्लाको भगवती मन्दिर, दुर्गा मन्दिर, राधाकृष्ण मन्दिर, काली मन्दिर, शिव मन्दिर सहित सप्तरीको प्रसिद्ध ककंकालिनी मन्दिरमा पूजाआजा गरेर पानी पारिदिन देउतालाई आग्रह गरिरहेका छन् ।

के हो त जटजाटिन र किन खेलिन्छ ?

स्थानीय भोला देवी यादवका अनुसार महिलालाई जट–जटिन गीति नाट्यको प्रारम्भ गर्नुुभन्दा अगाडि भ्यागुतो कुटेर एउटा घैंटोमा गोबर, मलमूत्रसँगै हालेर कुनै झगडालु महिलाको आँगनमा फ्याँक्ने विधि सम्पन्न गर्दछिन् । त्यसपछि ती महिला जति ठूलो आवाजमा गाली गर्छिन्, इन्द्रदेव त्यति नै प्रसन्न भएर वर्षाको आदेश दिनु हुन्छ भन्ने जनविश्वास छ ।

उता गालीको स्वर कमजोर हुँदै जाँदा यता तम्तयार भै बसेकी महिला मण्डली दुई गुरुप बनाई जट–जटिनको रुपमा दुई युवती नेतृत्व गर्दै अगाडि–पछाडि झुम्मिँदै नृत्यात्मक मुद्रामा गीत गाई आंगिक र वाचिक दुवै हिसाबले एउटा मनोरञ्जनपूर्ण प्रस्तुति गर्दछिन् । यसमा पुरुष पूर्णतः बर्जित हुन्छन् तर बच्चाहरुलाई प्रदर्शन हेर्न छुट हुन्छ ।

  1. सामान्य रुपमा जट–जटिन गीति लोक नाट्यको प्रस्ुतति केही घण्टाको हुन्छ तर यसलाई महिलाहरु एक–डेढ घण्टामा समाप्त गरी आफ–आफ्नो घर फर्कन्छिन् । यसमा उनीहरु जट–जटिनको सिलसिलेवार गीतहरुको प्रस्तुतिको सट्टा केही खास मुखडा र गीतहरु मात्र गाउँछन् र त्यही घैंटोमा कुटिएको भ्यागुतासहित कसैको आँगनमा फ्याँक्ने गर्दछन् । यति गर्दा पनि यसको पूर्णता भने न भएकै महसुस हुन्छ । त्यस कारण पनि नाट्य प्रदर्शनलाई लम्ब्याइने गरिन्छ । यसको कारणमा जट–जटिन लोक नाट्य एउटा पूर्ण कथात्मक प्रदर्शन हो जसमा विवाह, आपसी असमझदारी, विदेशिने पतिप्रतिको मोह, र अन्तमा मधुर मिलनको संयोग । यसभित्र सामान्य घटनाचक्र देखिन्छ, तर वास्तवमा जट–जटिनका यही सादगीपूूर्ण अभिलेखले यसको स्तर र जीवन्ततालाई अरुभन्दा बढी लोकप्रिय बनाउँछ । र यो लोकनाट्य समाजसँग बढी जुड्ने प्रयास गर्दछ ।
Previous Post

अनाधिकृत रुपमा अनलाईन गेमिङ खेलाउने कल्सल्टेन्सी संचालक सहित ४ जना पक्राउ

Next Post

यि दुई ठाउँमा शंकास्पद वस्तु फेला

Next Post
यि दुई ठाउँमा शंकास्पद वस्तु फेला

यि दुई ठाउँमा शंकास्पद वस्तु फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana