Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

शैक्षिक सुधारको लागि भोक्राहा नरसिंह गाउँपालिकालाई बुझायो प्रतिवेदन

शैक्षिक सुधारको लागि भोक्राहा नरसिंह गाउँपालिकालाई बुझायो प्रतिवेदन

by नेपाल टाइमलाइन न्यूज
August 25, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
शैक्षिक सुधारको लागि भोक्राहा नरसिंह गाउँपालिकालाई बुझायो प्रतिवेदन
18
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले गठन गरेको उच्च स्तरीय शैक्षिक सुधार अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ । शिक्षा शाखाको संयोजनमा असार ३० गतेदेखि साउन २३ गतेसम्म गाउँपालिकाका ८ वटै वडामा गरिएको अनुगमन तथा निरीक्षण पछि कार्यदलले बिहिबार एक कार्यक्रम गरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई प्रतिवेदन बझाएको हो ।

 

धिरेन्द्र प्रसाद यादवको संयोजक्तोमा बनेको १० सदस्य कार्यदलले एक महिना समय लगाएर गाउँपालिकाको ६६ वटा शैक्षिक संस्थाहरूको अनुगमन तथा निरीक्षण गरिएको थियो । अनुगमन टोलीले २६ वटा सामुदायिक विद्यालय, १५ वटा धार्मिक विद्यालय र २५ वटा सामुदायिक बाल विकास केन्द्रको अनुगमन तथा निरीक्षण गरिएको थियो ।

 

कार्यदलले बुझाएको प्रतिवेदनमा गाउँपालिका भित्र रहेका शैक्षिक संस्थामा देखिएको बेथिति, भ्रष्टाचार, मनोमानी र फर्जी बिद्यार्थीहरुका विषयहरू समेटिएका छन् । प्रत्येक शैक्षिक संस्थाको वर्तमान अवस्था, समस्याहरू र समाधानका विषयहरू समेत सुझावको रूपमा कार्यदलले प्रतिवेदनमा उल्लेख गरेको थियो । विभिन्न वडामा सञ्चालित विद्यालय, मद्रासा र बाल विकास केन्द्रमा शिक्षकहरूको दरबन्दी अभाव भएको, अध्यापन राम्रो नगराइएको, बिद्यार्थीहरु उपस्थित नभएको, शैक्षिक सामाग्रीहरूमा भ्रष्टाचार गरेको र पाठ्यपुस्तक व्यवस्थापन राम्रो नभएको जस्ता समस्याहरू समावेश गरिएको जनाइएको छ । साथै समस्याहरूको समाधानका उपायहरू समेत सुझावको रूपमा उल्लेख गरिएको उच्च स्तरीय शैक्षिक सुधार अध्ययन कार्यदलका संयोजक धिरेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । अब विगतमा झैँ मनलाग्दी रूपले शैक्षिक क्षेत्रमा हुने बेथिति र भ्रष्टाचारलाई हटाउने अभियानको सुरुवात भएको समेत उनले बताए ।

 

प्रतिवेदनमा कतिपय शिक्षक तथा प्रअहरुलाई निष्कासन गर्नुपर्ने र नयाँ शिक्षकहरूको दरबन्दी थप गर्नुपर्ने विषयहरू समेत प्रतिवेदनमा समेटिएको यादवले बताउनुभयो ।

 

प्रतिवेदन बुझ्दै गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले अब आफ्नो कार्यकालमा शिक्षाको अवस्था सुधार हुने उद्घोष गर्नुभयो । वहाँले शिक्षाको नाममा बेथिति र भ्रष्टाचार गर्ने जो कोहीलाई कारबाहीको भागिदार बनाउने बताउनुभयो ।

राजनीतिक प्रभाव समेत नहेरी शिक्षा क्षेत्रमा सुधार आफूले ल्याउने वहाँको भनाई छ । प्रतिवेदनमा उल्लेख गरिएका विषयहरू कार्यपालिकाबाट अनुमोदन गरी व्यवहारमा देखिने अध्यक्ष आजादले बताउनुभयो ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबु नन्दन मेहताले पनि शिक्षा क्षेत्रमा अब परिवर्तन हुने बताउनुभयो । गाउँपालिकाले बनाएको कार्यदलले कसैको दबाब र प्रभावमा नपरी बनाएको प्रतिवेदन कार्यान्वयन गरिने र यसमा सबै अभिभावकहरूले साथ दिनुपर्नेमा जोड दिनुभयो । साथै यस्ता अनुगमन तथा निरीक्षक अब समय समयमा हुने समेत वहाँले बताउनुभयो ।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता कुमारी उराँव, अध्यक्ष आजाद र प्रशासकीय अधिकृत मेहता लगायत अतिथिहरूले कार्यदलमा रहेका सदस्यहरूलाई सम्मान र मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख रमेश तिम्सिना, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।

 

Previous Post

पत्रकार दिपेन्द्र यादवको फेसबुक ह्याक

Next Post

सप्तकोशी नदीमा डुवी बालकको मृत्यु

Next Post
सप्तकोशी नदीमा डुवी बालकको मृत्यु

सप्तकोशी नदीमा डुवी बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana