मान बहादुर, ठकुल्लाटी
कापुर कैलालीको टीकापुर नगरपालिका वडा नं ८ कि एक युवती जन्मदिन कै दिन मृत फेला परेकी छिन । टीकापुर नगरपालिका वडा न ८ बनगाउफाटा कि १५ बर्षिया अस्मिता चाैधरी मृत फेला परेकी हुन । आफ्ना साथीलाई अाज मेराे जन्मदिन हाे सबैले आउनु पर्छ भनेर जन्मदसन मनाउन तयारी गरेकी अस्मिता आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन । शुक्रबार साँझ करिब ६ बजे झुन्डिएको काे अवस्थामा मृत फेला परेकी अस्मिता का बुबा बाबुराम चाैधरीले जानकारी दिए ।अस्मिता काे लास पाेस्टमार्टमका लागि टिकापुर अस्पताल पठाएको प्रहरी चाैकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक राजेन्द्र बहादुर कुमालले जानकारी दिए ।





