टिकटक बन्द संघर्ष समिति द्वारा टिकटक बन्द गराउन ज्ञापनपत्र बुझाइएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरी र जलेश्वर नगरपालिकाका नगर प्रमुखलाई ज्ञापनपत्र बुझाइएको हो । महोत्तरीका केही युवाहरुले टिकटक बन्द संघर्ष समिति गठन गरी टिकटक बन्द गराउने अभियान सुरु गरेका छन् ।
सोही अभियान अन्तर्गत ज्ञापनपत्र बुझाएको शिवम झाले जानकारी दिए ।
टिकटककै कारण विद्यार्थीको पढाइ कमजोर भएको ज्ञापनपत्रमा ठहर गरिएको छ । ‘टिकटकमा अश्लिलताले सीमा नाघेको छ ।
धर्म, संस्कृति धरापमा छ । समाजमा अनावश्यक विवाद बढेको छ । यी समस्या समाधान गर्न टिकटक बन्द गरी उज्जवल भविष्य बनाउन अनुरोध गर्दछौं,’ज्ञापनपत्रमा लेखिएको छ ।





