सुनसरीको वराहक्षेत्र नगरपालिका ६ श्रीलङ्का टापुका कोशी बाढी प्रभावित गर्भवती र सुत्केरी महिलालाई राहत वितरण गरिएको छ । विभिन्न दातृ संस्थाबाट राहत सामग्री वितरण गर्ने क्रममा मंगलबार ओरेक नेपालले १२५ परिवारलाई सर्वोतम पिठो, लुगा र राती बाल्नका लागि बती वितरण गरिएको हो ।

ओरेक नेपालको सहयोगमा बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्री उद्धब प्रसाद पोखरेलको उपस्थितीमा राहत सामग्री वितरण गरिएको जनाएको छ । जिल्लाको वराहक्षेत्र वडा ६ स्थित श्रीलङ्का टापुका कोशी प्रभावित गर्भवतीलाई २५ थान मेक्सी, किसोरीलाई ६५ थान सुरुवाल सेट, बालबालिकालाई ९० थान कपडा, टर्च लाईट १०० थान र सर्वोतम लिटो १२५ घरधुरी परिवारलाई वितरण गरिएको छ । वितरण कार्यक्रममा गैर सरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, सदस्य रविन घिमिरे, पत्रकार जयकृष्ण यादव र ओरेक नेपालकी प्रदेश संयोजक शान्ती दनुवार तथा बिमला घिमिरे सहित बराहक्षेत्रका नगरप्रमुख रमेश कार्कीको उपस्थिती रहेको थियो ।






