सुनसरीको कोशी गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । अपांगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत विभिन्न सहायक सामग्री वितरण गरिएको हो । कोशीमा आयोजित कार्यक्रममा टाईसाईकल ५ , ह्विल चियर ६, टोएैलेट चियर १०, एल स्टिक १२, सीपी चियर ८ र स्टान्डिगं फर्मा ४ गरि ४५ जना अपांगता भएका व्यक्तिलाई विभिन्न सहायक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा ६ जनालाई ह्विलचियर, पाँचजनालाई ट्राइसाइकल, १२ जनालाई सेतोछडी र वैशाखी वितरण गरिएको कोशी गाउँपालिकाले जनाएको छ । अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री कोशीका उपाध्यक्ष अनितादेवी यादवले हस्तान्तरण गर्नुभएको कोशी सामाजिक शाखाका प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो ।

विभिन्न चरणमा भएका स्वास्थ्य शिविर तथा परिक्षण शिविर र गृहभेटबाट सिफारिस भएकाहरुलाई गाउँ पालिकाको कार्यालयले प्रदेश सरकार र करुणा फाउन्टेसनको सहयोगमा सामग्री वितरण गरिएको हो ।
अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण कार्यक्रमममा करुणा फाउन्टेसनको जिल्ला संयोजक भारती देव, कार्यक्रम संयोजक राजकिसोर मेहता, कोशी ३ का वडा अध्यक्ष सुलेमान मंसुरी , स्वास्थ्य संयोजक रितामाया मगर , सिबिआर सहजकर्ताहरु राजेश यादव, प्रमेश्वरी मण्डल, सिताराम साह र मिलिजुली समूहका अध्यक्ष जितेन्द्र साह सहितको उपस्थिती रहेको थियो ।

सिबिआर सहजकर्ताहरु राजेश यादव, प्रमेश्वरी मण्डल, सिताराम साह र मिलिजुली समूहका अध्यक्ष जितेन्द्र साह सहितकाले तालिममा सहजिकरण गर्नुभएको थियो ।





