सुनसरी र मोरगंको विभिन्न स्थानमा ५६ औं अन्तराष्ट्रिय शिक्षा दिवस तथा ४३ औ राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । मोरगं जिल्लाको बुढीगंगा गाउँपालिकाको हरित तारा एकेडेमीले स्थानीयस्तरमा सचेतनामुलक रयाली निकालिएको छ । बुढीगंगा गाउँपालिका १ मा सारक्षता अभियानको रयाली निकालिएको थियो । स्कूलबाट निकालिएको र्याली पुष्पलाल चौक, मानगढ, विराटनगर ३ हुदै तालिम केन्द्रसम्म सचेतना फैलाएको शिक्षक दिनेश यादवले जानकारी दिनुभयो । यस विद्यालयमा कक्षा शिशु देखी १० सम्म पठनपाठन भईरहेको छ । उता सुनसरीका १२ वटै स्थानीयतहले छुट्टाछुट्टै कार्यक्रम गरी दिवश मनाएका छन् । दिवशको अबसरमा विद्यार्थीद्धारा निर्मित मावि स्तरिय शिक्षण सिकाई सामाग्री प्रर्दशनी गरेको छ ।






