विकास मानवका लागि नभईनहुने चिज भईसकेको छ । त्यसमा विकासका पूर्वाधारहरु शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, संचार, यातायात सहितका अनिवार्य भईसकेको छ । यसलाई मानवले नचाहेर पनि उपभोग गर्नुपर्छ , उपभोग गर्न दिनुपर्छ र यसलाई विस्तार गर्दै जानुपर्छ । यसमा सबैको साथ सहयोग र सहकार्य गर्नुपर्ने जरुरी छ ।
समाजमा द्वन्द्व वा विवाद वा समग्र अनुत्तरदायीपनले सामाजिक परिवर्तन र विकास सम्भव छैन । यसलाई अनपढले नबुझेपनि पढेलेखेकाहरुले बुझेको हुनुपर्छ तर नेपालका शिक्षितहरु र अशिक्षितको व्यवहार उस्तै रहेका कारणले विकासले गति लिन सकेको छैन् । हुन त महान राजनीतिज्ञ एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (विपि कोइराला)ले राष्ट्रिय शक्तिहरूबीच मेलमिलाप नगरिकन राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन र विकास सम्भव छैन् र भएको परिवर्तन पनि दिगो हुन सक्दैन भन्ने सिद्धान्त प्रस्तुत गर्नु भएको थियो । यसकारण सरकार वा समुदायको एक्लो प्रयासले समाज परिवर्तन हुन सक्दैन् । समाजको परिवर्तन र विकास नगरिकन सुखी समाज र कल्याणकारी राज्यको स्थापना गर्न तथा समृद्धि हासिल गर्न पनि सकिँदैन । राष्ट्रिय मेलमिलाप राष्ट्रिय शक्ति हो । यसर्थ, व्यक्ति, समुदाय, समाज, सरकार तथा राष्ट्रिय शक्तिहरूबीच मेलमिलाप गरेर सबै पक्षले गम्भीर भएर आआफनो जिम्मेवारी रकर्तव्य पूरा गरेको खण्डमा समाज परिवर्तन र विकास सहज रूपमा हुने निश्चित छ ।
तर विडम्बना त्यही विचारमा आस्था राख्ने नेपाली काग्रेंसका केही नेताकार्यकर्ताहरुले समाजको विकास भन्दा बिबादमा बढी समय खर्चिएको देखिन्छ । हालै सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको छनौटका प्रकृयामा जहिलेपनि भाजो हाल्ने काम गरेको देखियो । अभिभावक भेला बोलाउदाँ समेत गैर अभिभावक गएर बिथोल्ने , गुटबन्दी गर्ने, द्धन्द्ध सृजना गर्ने , चुगली गर्ने कार्यमा व्यस्त भए । यो कार्यमा नेपाली काग्रेंसका क्षेत्रिय नेता भनौदा प्रकाश नेपाली र इनरुवा नगरपापिलका वडा नम्बर ९ को नेपाली काग्रेंसबाट वडा अध्यक्षका उम्मेदबार समेत रहनुभएका कृष्णदेव मेहताले पूर्ण हस्तक्षेप गरेको स्थानीयहरुको गुनासो हालै बाहिर आएको छ । नेपाली र मेहताले विद्यालयका अभिभावकलाई उनीहरुको बालबालिकाहरु पढ्ने क्षेत्रमा राजनीतिक गरि शैक्षिक गुणस्तरमा ह्रास पार्ने सडयन्त्र स्वरुप तीन वडा अभिभावक भेलामा आफू बाहेक अरु कोही विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नदिने घटिया सोचका कारणले विथोल्दै आए । उनीहरुले आफ्नो स्वार्थपुर्तीका लागि अनेको खेलहरु समेत गरे भने विचार नमिल्ने तर आफू अनुकुल विद्यालय विगार्नमा योगदान गर्ने र सपार्ने पक्षलाई बाधा अवरोध गर्ने गरि पूर्ण हस्तक्षेप गरेको स्थानीयहरुको गुनासो बाहिर आएको छ ।
नेपाली र मेहताले परिवारबादमा लिप्त भएकाले काग्रेंसीहरु नै उनीहरुलाई बहिस्कार गरेका छन् । पार्टीको नाममा गटबन्दी गरेर शिक्षाको मन्दिर जस्तो क्षेत्रमा विद्यालय व्यवस्थापन समितिको नाममा राजनीतिक हस्तक्षेप गरेको भन्दै पार्टी भित्र कार्वाहीको कुरा चलेपनि निर्वाचन नजिकिएकाले त्यसमा ढिलाई भएको बताइएको छ ।
मानिस एक चेतनशील, गतिशील र परिवर्तनशील प्राणी हो । मानिस आदिमकालमा भिन्नभिन्न भएर बसे पनि आधुनिक युगमा समुदायमा बस्न र समाजमा रम्न मन पराउँछ । भिन्न भिन्न जातजाति, भाषा, वर्ण, रंग, संस्कृति वेशभूषा, मूल्यमान्यता, आस्था, सिद्धान्तमा आबद्ध मानिसहरूको समूह समाज हो । समाजमा समाजको व्यवस्थापनका लागि घरमुली, गुठियार, पञ्चभलादमीजस्ता सामाजिक संस्थाहरू खडागरिएका हुन्छन् । संस्कृति व्यक्ति समाज र समुदायको प्राण हो । मानिस आफनो संस्कृतिलाई अगाध माया गर्छ, त्यसैमा सबैभन्दा बढी रमाउँछ र जहाँ जान्छ बोकेर हिड्छ । समाजमा समाजका सदस्यहरूबीच व्यक्तिगत र सामूहिक स्वार्थको लागि अन्तरक्रिया भैरहने गर्दछ । समाज निराकार, असीमित, र गतिशील चरित्रको हुन्छ भने समाजमा समानता र असमानता दुवै पाइन्छ । समाज विविधताको संरक्षक र प्रवद्र्धक दुवै हो । अन्तरसम्बन्ध, अन्तरनिर्र्भरता र अन्तरविरोध समाजका विशिष्ठ गुणहरू हुन् । यसकारण समाजमा जहिले पनि सहकार्य, सहयोग र द्वन्द्वको वातावरण विद्यमान रहिरहेको हुन्छ ।





