सप्तरीमा करेन्ट लागेको एक युवककाे मृत्युु
सप्तरी,बैशाख ९ गते //
सप्तरीको छिन्नमस्ता गाउपालिका वडा नमबर ६ खुदिबखारिमा करेन्ट लागेर एक युवकको मृत्युु भएको छ । मृत्युु हुनेमा १९ बर्षिय युवक शत्रुधन कुमार मण्डल रहेका हुन ।
सप्तरीको छिन्नमस्ता गाउपालिका वडा नम्बर ६ खुदिबखारीमा बस्ने इनरदेव मण्डल काे छोरा सत्रुधन मण्डल रहेकाे छ। घर नजिकै छिन्नमस्ता गाउपालिका वडा नम्बर ३ स्थित सखडामा सुरेन्द्र मण्डलको छोरीको बिहेमा टेन्ट खोल्ने क्रममा अचानक करेन्ट लागेर सख्त घाइते भएका मण्डललाई तत्काल उपचारको लागि राजविराज स्थित छिन्नमस्ता अस्पताल लगिएको तथा सोहि क्रममा उनको मृत्युु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता मृतक युवकको शव हाल पोष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा राखिएको तथा उक्त घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।