सहकारी क्षेत्रमा १० वर्षदेखी सकृय रहेको सुनसरीको इनरुवा नगरपालिका ५ बलाहाको बलाहा बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक सधाराण सभा सम्पन्न भएको छ । बलाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभाले प्रस्ताव गरेको सवाल र आयव्यय पारित गरेको छ । शनिबार इनरुवामा भएको सभाले आर्थिक वर्ष ०७८÷०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । संस्थाले आव ०७८÷०७९ मा २७ हजार ३ सय ८८ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
कार्यक्रमका संस्थाका अध्यक्ष तेज बिनोद रिजालले आफ्नो मन्तव्य राख्दै सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो । वहाँले दशौ वर्षसम्म संस्थालाई सफलता दिलाउनेहरुलाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ट सफलता हासिल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष रिजालले आर्थिक वर्ष ०७८÷०७९ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष नेत्र नारायण श्रेष्ठ, सदस्य इन्द्र बिनोद भट्टराई, रोहित चौधरी, रोशु प्रधान, गीता कुमारी चौधरी, अमिल ढकाल लेखा समितिका संयोजक रामनारायण चौधरी, सदस्य नेत्र प्रसाद भट्टराई, रंजिता श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
संस्थाले बलाहामा आफ्नो राम्रो पकड जमाएकाले २३५ महिला र २३४ पुरुष गरि ४६९ सेयर सदस्य रहेको छ । यसमा सेयर रकम ३४ लाख ५२ हजार ९०० रुपियाँ रहेको छ ।




