Saturday, February 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

पाँचौं करम पूर्व सन्ध्या कार्यक्रम सम्पन्न

पाँचौं करम पूर्व सन्ध्या कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
September 10, 2022
in Uncategorized, मनाेरञ्जन, स्थानीय समाचार
A A
0
पाँचौं करम पूर्व सन्ध्या कार्यक्रम सम्पन्न
11
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ २५ गते । सुनसरी सदरमुकाम इनरुवामा पाचौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । यहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा करम पूर्व सन्ध्या कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो । भाद्र पूर्णिमाको दिन करम पूजा मनाइने भएकाले त्यस अघि नै जमरा राखेको र सोही जमारा लगाएर करम पुजा सहित सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ । करम पूजा मनाउनलाई एक हप्ता अगाडि बाजा–गाजा सहित स्थानीय नदीबाट जमरा राख्न वालुवा ल्याइन्छ । सोही विधि अन्तरगत इनरुवाको सुनसरी खोलाबाट बालुवा ल्याएर जमरा राखिएको र सनिबार जमारा लगाएर पुजासगैं पाचौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम गरेको उराँवले जानकारी दिनुभयो ।
अध्यक्ष उराँवका अनुसार इनरुवाको प्रतिष्ठानको कार्यालय प्रागणबाट हजार बढीको संख्यामा उरावहरु आफ्नै मौलिक भेषभुषामा सजिएर ¥याली समेत निकालिएको थियो । उराँव समुदायको महान पर्वको बारेमा जानकारी दिन तथा भाषाको संरक्षण गर्ने र मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरेको प्रतिष्ठानका उपाध्यक्ष जयप्रकाश उराँवले बताउनुभयो ।
उहाँले उराँवहरूको हक, अधिकार र पहिचानका लागि योगदान रहने गरि पाँचौं करम पूर्व सन्ध्या कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अथिति संघिय सांसद सिताराम मेहताले उराँवहरुको पक्षमा नेपाली काग्रेंसले २००७ देखी काम गर्दै आएको बताउनुभयो । वहाँले प्रतिष्ठान निर्माणमा आधा करोड बजेटदेखी प्रत्येक वर्ष करम पुजामा समेत आफू र आफ्नो पार्टीले सहयोग गर्दै आएको बताउनुभयो ।
विषेश अथिति एवम् नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव कोईरालाले उराँव समुदायको महान पर्वको अवसरमा शुभकामना दिनुहुदै उराँवहरुको हरेक क्षेत्रमा प्रतिनिधित्वका लागि पार्टी र आफूले योगदान गर्दै आएको बताउनुभयो । वहाँले उराँव समुदाय इनरुवाको पहिलो जाती मध्येको एक भएकाले उनीहरुको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा आफूले पनि सहयोग गर्ने बताउनुभयो ।
फरक प्रसंगमा नेता कोईरालाले मंसिर ४ मा हुने आम निर्वाचनमा विकास प्रेमी र दुरदर्शि नेताहरु तथा उम्मेदबारहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका सचिव रामलाल उराँवले उराँवहरू नेपालका धर्ती पुत्र भएकाले आफूहरूको हरेक क्षेत्रमा प्रतिनिधित्व आवश्यक रहेको उल्लेख गर्नुहुदै यस प्रकारको कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उराँवहरूले करम राखेको दिनदेखि नै अहिले दैनिक अखडा(मञ्च) मा आफ्नो पहिरनसहित नाचगान गर्ने, प्रवचन भन्ने र सुन्ने लगायतका कार्यक्रम गर्दै करम पूजा गरेको प्रतिष्ठानका कोषाध्यक्ष तथा शिक्षक सम्पतलाल उराँवले जानकारी दिनुभयो । करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य र झाँकी प्रदर्शन गरेको छ ।
करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत, नृत्य, पहिरन, बाजागाजा, पोशाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन प्रदर्शन गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सहसचिव देवप्रकाश उराँवले बताउनुभयो ।
प्रतिष्ठानका सल्लाहकार नुनुलाल उरावले नयाँ पुस्तालाई उराँव समुदायको परम्परागत भेषभुषा र भाषा, संस्कृति प्रति जानकारी दिन र इनरुवा झोडा फँडानी भएका समयमा बसोबास गर्ने पहिलो जाति भएकाले यस जातिका बारेमा सबैलाई जानकारी गराउनको लागि पनि करम पूर्व सन्ध्या गरेको उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष बेचन उराँव, उपाध्यक्ष जयप्रकाश उराँव, सचिव रामलाल उराँव, कोषाध्यक्ष सम्पतलाल उराँव, सहसचिव देवप्रकाश उराँव सहित सदस्यहरु दुर्गानारायण उराँव, प्रमेश्वर उराँव, रिमा उराँव, जयकुमार उराँव, सल्लाहकार नुनुलाल उराँव, बासुदेव उराँव, उराँव अगुवा जयराम उराँव, भूमि उराँव, प्रेमलाल उराँव, लक्ष्मी उराँव, विनोद उराँव, विजय उराँव लगायत उराँवको उपस्थितीमा सन्ध्या कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा भारतको झारखण्डको राची विश्व विद्यालयका प्रध्यापक महेश भगत सहित पाँच जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा इनरुवा नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एमालेका नेता खेमराज पोखरेल, नेकपा एमालेका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, इनरुवा नगरपालिका २ का वडा अध्यक्ष विष्वनाथ ठाकुर, पूर्व वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, रविन्द्र प्रसाद मण्डल, पत्रकार जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो । नेता खेमराज पोखरेलले पनि उराँवहरु हक हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
१, सुनसरी सदरमुकाम इनरुवामा पाचौं करम पूर्व सन्ध्या तथा

 
१, सुनसरी सदरमुकाम इनरुवामा पाचौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम अन्तरगत निकालिएको र्याली ।


२, पाचौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रमको झालर र झुनझुना बजाएर उद्घाटन गर्नुहुदै ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा

Previous Post

बलाहा बचत तथा ऋण सहकारी संस्थाको सधाराण सभा सम्पन्न

Next Post

साहत्यिकार तथा शिक्षक सिलवालको भव्य जन्मोत्सव

Next Post
साहत्यिकार तथा शिक्षक सिलवालको भव्य जन्मोत्सव

साहत्यिकार तथा शिक्षक सिलवालको भव्य जन्मोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana