Tuesday, February 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीमा ६१ प्रतिवादी एकैदिन पक्राउ, एसपी ढकाल भन्छन्,’ अपराधीक गतिविधि गर्नेलाई खोजीखोजी कार्वाही गर्छु

सुनसरीमा ६१ प्रतिवादी एकैदिन पक्राउ, एसपी ढकाल भन्छन्,' अपराधीक गतिविधि गर्नेलाई खोजीखोजी कार्वाही गर्छु

by नेपाल टाइमलाइन न्यूज
September 14, 2022
in मनाेरञ्जन, विश्व, समाचार, स्थानीय समाचार
A A
0
सुनसरीमा ६१ प्रतिवादी एकैदिन पक्राउ, एसपी ढकाल भन्छन्,’ अपराधीक गतिविधि गर्नेलाई खोजीखोजी कार्वाही गर्छु
11
SHARES
Share on FacebookShare on Twitter

सुनसरी। अदालतबाट दोषी ठहर भएका ६१ जना प्रतिवादीलाई सुनसरी प्रहरीले एकैदिन पक्राउ गरेको छ।

 

अपराधिक घटनामा अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका ठूलो संख्याका प्रतिवादीलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।

 

सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले मंगलबार एकै दिन ६१ जनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार पक्राउ गरेर प्रतिवादीहरुलाई अदालतमा पेश गरिएको छ।

 

पक्राउ गरेर प्रहरीले बुझाएपछि कैदको फैसला भएका प्रतिवादीलाई अदालतले सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ। जरिवाना तोकिएकालाई त्यसवापतको रकम असुल गरेर अदालतले छाड्ने गर्छ।

 

एसपी ढकालका अनुसार अदालतको फैसला कार्यान्वयनअन्तर्गत विशेष टोली गठन गरेर फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारिएको छ।

 

विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकालाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको जानकारी उनले दिए।

 

प्रतिवादीलाई पक्राउ गर्दा अपराध गरेर भागे पनि कानुनले छाड्ने रहेनछ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ छ। अपराधीलाई नियन्त्रणमा लिँदा आमनागरिकमा कानुन र प्रहरीप्रतिको विश्वसनीयता बढेको ढकाल बताउँछन्।

 

चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म एक सय ३० जना फरार प्रतिवादीलाई सुनसरीबाट पक्राउ गरिसकिएको उनको भनाइ छ।

 

फरार प्रतिवादी पक्राउ गर्दा २६ वर्ष ८ महिना ३ दिन कैद र ४ लाख २० हजार ३४ रुपैयाँ जरिवाना असुल भएको जानकारी एसपी ढकालले दिए। एसपी ढकालले अपराधीक गतिविधि गर्ने जो कसैलाई छुट नहुने बताएका छन् । उनीहरुलाई खोजीखोजी कार्वाही गर्ने पनि बताउनुभयो ।

Previous Post

कृषि ज्ञान केन्द्रको कार्यक्रम सार्वजनिकिकरण

Next Post

बाल दिवशमा बालबालिका सम्मानित

Next Post
बाल दिवशमा बालबालिका सम्मानित

बाल दिवशमा बालबालिका सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana