Tuesday, February 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीमा हर्सोल्लासका साथ बाल दिवश मनाए

सुनसरीमा हर्सोल्लासका साथ बाल दिवश मनाइए

by नेपाल टाइमलाइन न्यूज
September 14, 2022
in मुख्य खबर, स्थानीय समाचार
A A
0
सुनसरीमा हर्सोल्लासका साथ बाल दिवश मनाए
15
SHARES
Share on FacebookShare on Twitter
जयकृष्ण यादव । इनरुवा इनरुवा, भदौ २९ गते । सुनसरीमा हर्सोल्लासका साथ बाल दिवश मनाइएको छ । जिल्लाको सदरमुकाम इनरुवा सहित जिल्लाभरी नै विभिन्न कार्यक्रमको आयोजना गरि ५८ औं राष्ट्रिय बाल दिवस मनाइएको हो । दिवसका अवसरमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयहरुले अलग–अलग कार्यक्रम आयोजना गरेका छन् । दिवशको अवसर पारेर इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा अध्ययरत्त सबै बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिको पहल र विभिन्न सहयोगी हातहरुको सहयोगमा विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
विद्यालयमा अध्ययरत्त बालबालिकाहरुलाई कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, प्रदेश १ का पूर्व मन्त्री जगदिश प्रसाद कुसियैत, गढी गाउँपालिकाका लेखा अधिकृत दिलबहादुर खड्का, नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरीका अध्यक्ष बेचन उराँव, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र कुमार साह, समाजसेवी विद्यानन्द यादव, नईम अंसारी, समाजसेवी रामवृक्ष मेहता, नेपाल लोकतारिन्त्रक पार्टीका जुमराती खाँ, ओरेक नेपाल, कोकन सुनसरी, इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसरी सहितको सहयोगमा ५८ औं राष्ट्रिय बाल दिवसमा शैक्षिक सामग्री वितरण गरिएको हो । दाताहरुबाट प्राप्त भएको शैक्षिक सामग्री विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र प्रधानाध्यापक तेजनारायण यादवले वितरण गनुभएको थियो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराई, अधिकारकर्मी सरिता कार्की घिमिरे, गंगाराम खत्वे, पूर्व वडा सदस्य जसलाल यादव, देवलाल यादव, नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरीका सम्पतलाल उराँव, शिक्षक श्यामप्रसाद साह सहितको कार्यक्रमको उपयोगिताका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा मानवअधिकारकर्मी रमेश भट्टराईले बालबालिकाको भबिष्यले समाज र देशको भविष्य निर्धारण गर्ने भएकाले शैक्षिक सामग्री वितरण गरेकोमा दाताहरुलाई धन्यदाव दिनुभयो ।
उहाँले नेपालमा रहेका बालबालिकाको भविष्य उज्जवल बनाउन अभिभावक र अग्रजहरुले बहुआयामिक रुपमा उनीहरुलाई सही बाटो देखाउनुपर्ने धारणा राख्नुभयो । सरकारले हरेक बर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष बाल दिवस मनाइदै आएपनि बालबालिकाको अवस्थामा खासै सुधार हुन नसकेको गुनासो वालअधिकारकर्मीको छ । उता कोशी गाउँपालिकामा ५ को मदरसा दारुल होदा सल्फियाले पनि बाल दिवसमा कार्यक्रम सम्पन्न गरेको छ । मदरसाले बुधबार वालमैत्री समाजको आधार जिम्मेवारी परिवार, उत्तरदायी सरकार मुल नारा सहित बाल दिवस मनाएको स्थानीय मुस्ताक आलमले जानकारी दिनुभयो । उता विद्यालय व्यवस्थापन समितिका सदस्य जयकृष्ण यादवलाई मानव अधिकार सञ्जाल सुनसरीले बधाई सहित सम्मान गरेको छ । मानव अधिकार र पत्रकारिता क्षेत्रमा दुई दशकदेखी सकृय यादव सरस्वती मावि बबियाको विद्यालय व्यवस्थापन समितिका सदस्यमा निर्वाचित भएको भन्दै सम्मान गरेको सञ्जालका संयोजक रमेश भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा समितिका सदस्य यदुनन्दन यादव, लैहरीदेवी खत्वे, समाजसेवी चनरदेव यादव र दिपक यादव, बिनोद मेहता, ओरेककी बबिता मण्डल, अलविना प्रविण, कोकनका प्रतिनिधि,शिक्षक देवकृष्ण यादव, श्यामप्रसाद साह, रमानन्द मण्डल सहितको उपस्थिती रहेको थियो ।
खेलकुद सामग्री हस्तान्तरण इनरुवा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसरीले दुई थान भलिबल र एक थान नेट सहितको सहयोग ५८ औं राष्ट्रिय बाल दिवसमा विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।
त्यसैगरी कन्चनजंगा सेकेन्डेरी स्कूलका संचालक विधान्दन यादवले क्याडमिन्टन, कक, भलिबल र दुई दर्जन कपी हस्तान्तरण गर्नुभयो । यादवले बालमैत्री र्याम्सको अभ्यास समेत सिकाउनुभयो । यादवद्धारा धन्यवाद
सरस्वती माध्यमक विद्यालयमा अध्ययरत्त सबै बालबालिकाहरुलाई एकै ठाउँबाट एकै दिन, एउटै मञ्चबाट शैक्षिक सामग्री वितरण गर्ने अभियानलाई सफल पार्नुहुने दाताहरुलाई समितिका सदस्य जयकृष्ण यादवले धन्यदाव दिनुभयो । यादवले शैक्षिक सामग्री सहयोग गर्नेहरु कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी (१५० थान कपि), प्रदेश १ का पूर्व मन्त्री जगदिश प्रसाद कुसियैत(कपि), गढी गाउँपालिकाका लेखा अधिकृत दिलबहादुर खड्का(१५० थान कपि), नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरीका अध्यक्ष बेचन उराँव (१०० थान कपि), उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र कुमार साह( १२४ थान कपि र पेन्सील), समाजसेवी विद्यानन्द यादवले (क्याडमिन्टन, कक, भलिबल र दुई दर्जन कपी), नईम अंसारी (दुई दर्जन कपि), समाजसेवी रामवृक्ष मेहता(१००कपि), नेपाल लोकतारिन्त्रक पार्टीका जुमराती खाँ(१००), ओरेक नेपाल(५० कपि), कोकन सुनसरी (पुरस्कार), इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसरी( दुई थान भलिबल र एक थान नेट) सहितको सहयोग गर्नुभएकोमा हार्दिक आभार प्रकाट गर्दै धन्यवाद दिनुभयो । यादवले ५८ औं राष्ट्रिय बाल दिवसमा शैक्षिक सामग्री वितरण कार्यक्रममा सहयोग गर्ने सहयोगी मनहरु, समितिका सदस्यहरु, शिक्षक, अभिभावक तथा विधार्थीहरुमा पनि धन्यवाद ज्ञापन गर्नुभयो । यसैबीच इनरुवा नगरपालिकाको आयोजनामा पनि विभिन्न अतिरिक्त कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई पुरस्कृत गरिएको इनरुवा नगरपालिकाका उपप्रमुख विनिताकुमारी मेहताले जानकारी दिनुभयो । त्यसैगरी इनरुवा नगरपालिका २ को बालमन्दिर माविमा अध्ययरत्त सबै बालबालिकाहरु र अभिभावकहरुको सहभागितामा बाल दिवश तथा अभिभावक दिवश मनाइएको जनाएको छ । प्रधानाध्यापक सत्यनारायण मेहताका अनुसार संस्कृतिक कार्यक्रमदेखी क्षमता र प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम सम्पन्न गरिएको छ । उता सीमावर्ती हरिनगर गाउँपालिकामा रहेको होली लाईफ पब्लिक स्कूल भुटाहाको आयोजनामा पनि दिवश मनाइएको स्थानीय साहबाल अंसारीले जानकारी दिनुभयो ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाको जनता मावि नरसिंह र शिवगंजमा अतिरिक्त कार्यक्रम सम्पन्न भएको मानव अधिकार समूहका अध्यक्ष नुनुलाल साहले जानकारी दिनुभयो ।
बाल दिवशमा बालबालिका सम्मानित
इनरुवा, भदौ २९ गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा अध्ययरत्त बालबालिकाहरु मध्ये शैक्षिक गुणस्तर र नियमितताको आधारमा सात जना सम्मानित भएका छन् । विद्यालय व्यवस्थापन समितिको आयोजानमा ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर अनुशासन पालन गर्ने, विद्यलायमा नियमित उपस्थिती हुने, विद्यालयको अचारसंहिता पूर्ण पालन गर्ने सात विधार्थीलाई सम्मान गरिएको हो । दिवसका अवसरमा सम्मानित हुने बालबालिकाहरुमा कक्षा १० का विष्णु कुमार यादव, रेमश कुमार यादव, कक्षा ९ का सितल कुमार यादव, रविन्द्र ठाकुर, कक्षा ८ का अन्जना उराँव र कक्षा ७ का अमन कुमार मेहता रहनुभएको छ । सम्मानितहरुलाई सम्मान पत्र, दोसल्ला र स्टेस्नरी हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक तेजनारायाण यादवले जानकारी दिनुभयो । दिवशको अवसर पारेर महिला स्वास्थ्य स्वयम सेविका भई बाल अधिकार र बाल स्वास्थ्यको क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै भोक्राहा नरसिंह गाउँपालिका ७ का महिला स्वयमसेविका बुधोदेवी यादव र दलित अधिकारको क्षेत्रमा काम गर्नुभएका सत्यनारायण मण्डललाई पनि सम्मान गरेको समितिले जनाएको छ ।
सम्मानित सबैलाई विद्यालय व्यवस्थापन समितिका सदस्य जयकृष्ण यादवले सम्मान गर्नुभएको थियो । यादवले सम्मानितहरुले शिक्षा र विद्यालयको शैक्षिक गुणस्तरको अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्नुभएको भन्दै सम्मान गरेको बताउनुभयो । बाल दिवशमा विद्यालयलाई पंखा
इनरुवा, भदौ २९ गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा अध्ययरत्त बालबालिकाहरुलाई गर्मीमा असहज भएको गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिका सदस्य जयकृष्ण यादवले चार थान पंखा विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । यादवले भौतिक पूर्वाधारसगैं शैक्षिक गुणस्तर र विधार्थीको नियमितताको लागि भन्दै चार थान पंखा विद्यालयका प्रधानाध्याक तेजनारायाण यादवलाई हस्तान्तरण गर्नुभएको हो । सदस्य यादवले विद्यलायलाई नमुना बनाउने उदेश्यका साथ पहिलो चरणमा आफ्नै पहल र दाताहरुको सहयोगमा शैक्षिक सामग्री वितरण, अतिरिक्त कार्यक्रम र पुरस्कार तथा सम्मान कार्यक्रम गरेको बताउनुभयो । यादवले आफू विद्यालय व्यवस्थापन समितिमा आएपछि शैक्षिक गुणस्तरमा सुधारको साथै कक्षा ११ र १२ को पठनपाठन सुरु गर्ने प्रण दिएको र पहिलो चरणमा निर्वाचित भएको १० औ दिनमा ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर विद्यालयलाई चार थान पंखा सहित ,विद्यालयमा अनुशासन पालन गर्ने, विद्यलायमा नियमित उपस्थिती हुने, विद्यालयको अचारसंहिता पूर्ण पालन गर्ने सात विधार्थी र दुई अभिभावकलाई सम्मान गरिएको हो । दिवसका अवसरमा सम्मानित हुने बालबालिकाहरुमा कक्षा १० का विष्णु कुमार यादव, रेमश कुमार यादव, कक्षा ९ का सितल कुमार यादव, रविन्द्र ठाकुर, कक्षा ८ का अन्जना उराँव र कक्षा ७ का अमन कुमार मेहता रहनुभएको छ । सम्मानितहरुलाई सम्मान पत्र, दोसल्ला र स्टेस्नरी हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक तेजनारायाण यादवले जानकारी दिनुभयो । दिवशको अवसर पारेर महिला स्वास्थ्य स्वयम सेविका भई बाल अधिकार र बाल स्वास्थ्यको क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै भोक्राहा नरसिंह गाउँपालिका ७ का महिला स्वयमसेविका बुधोदेवी यादव र दलित अधिकारको क्षेत्रमा काम गर्नुभएका सत्यनारायण मण्डललाई पनि सम्मान गरेको समितिले जनाएको छ ।
Previous Post

यादवले गरे चार थान पंखा विद्यालयलाई हस्तान्तरण

Next Post

सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक सामग्री

Next Post
यादवले गरे चार थान पंखा विद्यालयलाई हस्तान्तरण

सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक सामग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana