इनरुवा,असोज १ गते । सुनसरी सदरमुकाम इनरुवामा युवा तथा विधार्थीहरुका लागि विहीबारबाट सुरु भएको उद्घोषण तथा पत्रकारिता सम्बन्धी तालिम सनिबार सम्पन्न भएको छ । प्रेस सेन्टर सुनसरीको आयोजनामा इनरुवा नगरपालिका क्षेत्रका युवा तथा विधार्थीहरुका लागि विहीबारबाट तीन दिने उद्घोषण तथा पत्रकारिता सम्बन्धी तालिम सम्पन्न भएको हो । तालिमको सभापन सत्रमा नेकपा माओवादी केन्द्रका नेता शिव डागीं, प्रेस सेन्टरका केन्द्रिय उपमहासचिव राजन केडी, इनरुवा नगर कमिटि अध्यक्ष तोया गिरी पौद्धार, रमेश भट्टराईले पत्रकारिताको विकासका लागी पत्रकारको क्षमता विकास, लगनशिता, अनुशासन र पेशागत मर्यदामा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । तालिममा पत्रकार जयकृष्ण यादव, श्रीशीशा राई, तिर्थ कार्की र मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराई लगायतकाले प्रशिक्षण दिनुभएको आयोजक प्रेस सेन्टरका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिनुभयो । सहभागिहरुलाई कार्यक्रममा प्रस्तुतिकरण कसरी गर्ने, दर्शक वा मासको ध्यानाकर्षण गराएर कसरी बोल्ने, जीवनमा कसरी सफल हुने, आफ्नो क्षमताको बिकास कसरी गर्ने? पत्रकार र पत्रकारिता के हो ?, समाचार , समाचारका प्रकार, समाचार लेख्ने शैली र तलिकाकाा दबारे प्रशिक्षण दिइएको प्रशिक्षक श्रीशीशा राईले जानकारी दिनुभयो । सार्बजनिक भाषणकला के हो, भाषण कति प्रकारका हुन्छन, नेतृत्व के हो, नेतृत्व बिकास कसरी गर्ने , नेतृत्वमा हुनुपर्मे गुणहरु के के हुन ? लगायतका बारेमा सहभागिहरुलाई अभुमुखिकरण गराइएको प्रशिक्षक तिर्थ कार्कीले बताउनुभयो । यसैबीच प्रदेश १ का उपसभामुख सरस्वती पोखरेलले पत्रकारले प्रेस स्वतन्त्रता, लोकतन्त्र र संघीयताको उपयोग आफ्नो लागि मात्र नभई देश र नागरिकको पक्षमा गर्नुपर्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा प्रेस सेन्टरले आयोजना गरेको तीन दिने आधारभुत पत्रकारिता तालिमको सनिबार समापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । वहाँले देशमा कुनै पनि तहका सरकार प्रेस स्वतन्त्रतामा अंकुश लगाउन नहुने तर पत्रकारले पनि आफूलाई अनुकुन हुने गरि मात्र नभई देश र नागरिकको साझा हिनमा पत्रकारिता गर्नुपर्ने आवश्यता औल्याउनुभयो । पत्रकारिता क्षेत्रमा केही नकारात्मक पक्ष र पत्रकारिताको आवरणमा अपराध कर्म समेत रहेकाले त्यस्ता पक्षलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । प्रेस स्वतन्त्रता देश र नागरिकको पक्षमा हुनुपर्ने तर्क गर्नुहुदै उपसभामुख पोखरेलले हुने खाने र हुदाँ खानेको पक्ष मध्ये कसको पक्षमा बढी समाचार ल्याउने भन्दै प्रश्न सहित पीडित पक्ष र हुदाँ खानेको पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो ।








