सुनसरीमा नेकपा एमालेले घरदैलौ सुरु गरेको छ । यहाँ कार्यकर्ता भेला सहित घरदैलो थालेकाले विभिन्न पार्टी त्यागेर एमालेमा प्रवेश गर्नेहरुको लर्को लागेको छ । विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले सुनसरी संघिय निर्वाचन क्षेत्र नं ४ को आयोजनामा भएको अगुवा कार्यकर्ता भेलामा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । जिल्लाको भोक्रहा नरसिंह गाउपालिका–३ मा आयोजित कार्यक्रममा मधेसवादी दलका महेन्द्र यादव सहित पार्टी प्रवेश गरेका हुन् ।
जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । वडास्तरका केही नेपाली कांग्रेसका आस्थावनहरु समेत एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई एमाले नेता तथा संघीय निर्वाचन क्षेत्र ४ का उम्मेदबार जगदिश प्रसाद कुसियैतले माला तथा अविर लगाएर पार्टीमा स्वागत गर्नुभयो । आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ र यसैको क तथा ख बाट एमालेको तर्फबाट टिकट पाउने उम्मेदबारहरुले अरु पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाई स्वागत गर्नुभयो ।