Saturday, February 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

बालदिवशका विभिन्न कार्यक्रमका विजयी प्रतियोगिहरुलाई पुरस्कार

बालदिवशका विभिन्न कार्यक्रमका विजयी प्रतियोगिहरुलाई पुरस्कार

by नेपाल टाइमलाइन न्यूज
September 24, 2022
in Uncategorized, विश्व, समाचार, स्थानीय समाचार
A A
0
बालदिवशका विभिन्न कार्यक्रमका विजयी प्रतियोगिहरुलाई पुरस्कार
12
SHARES
Share on FacebookShare on Twitter

सुरेन्द्र मेहता । भोक्राहा

सुनसरी जिल्लाको भोक्रहा नरसिंह गाउपालिका–३ मा रहेको जनता माध्यमिक विद्यालय बाल दिवशको अवसरमा आयोजित विभिन्न कार्यक्रमका विजयी प्रतियोगिहरुलाई शुक्रबार पुरस्कार वितरण गरिएको छ ।

 

बाल दिवशमा बालबालिकाहरुको अन्तरनिहित प्रतिभाहरु प्रस्फुटन गर्नका लागि आयोजना गरेको चित्रकला प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई पुरस्कार वितरण गरिएको हो ।

जनता माविले आयोजना गरेको विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रममा पत्रकार जयकृष्ण यादवले पुरस्कारको व्यवस्था मिलाई उहाँकै हातबाट प्रथम भएकाहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

जिल्लाकै इनरुवा नगरपालिका ९ बबिया स्थित सरस्वती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहनुभएका यादवले बालबालिकाहरुको प्रोत्सानका लागि विजयी प्रतियोगिहरुलाई पुरस्कार वितरण गर्नुभयो ।

यादवले समाजसेवाको भावले उक्त विद्यलायका कक्षा ४ र ५ सम्मका चित्रकला प्रतियोगितामा अमित कुमार राम प्रथम, अमन कुमार मण्डल दितिय, कृष्ण कुमार राम तृतिय र सिकेन्द्र कुमार मेहता सान्तवना भएका छन् । त्यसैगरी विद्यलायका कक्षा ६ र ७ सम्मका प्रमानन्दन कुमार यादव प्रथम, प्रभाष कुमार यादव दितिय, आचल कुमारी यादव तृतिय र रुविकुमारी राम सान्तवना भएका छन् । त्यसैगरी ८,९ र १० सम्मका चित्रकला प्रतियोगितामा निरज कुमार उराँव प्रथम, निरज कुमार राम दितिय, रोहित कुमार उराँव तृतिय र सोनी कुमारी यादव सान्तवना भएका थिए । सबै १२ जना विजयी प्रतियोगिहरुलाई शुक्रबार समाजसेवी, पत्रकार जयकृष्ण यादव , प्रधानाध्यापक जितेन्द्र कुमार साह, पत्रकार सुरेन्द्र मेहता र विनोद कुमार मेहताको हातबाट पुरस्कार वितरण गरिएको थियो । विजयी प्रतियोगिहरुलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका पत्रकार जयकृष्ण यादवले बालबालिकाहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न , प्रतिभाहरु बाहिर ल्याउन, कला प्रर्दशन गर्न अतिरिक्त कृयाकलाप र प्रतियोगिताहरुले योगदान गर्ने भएकाले सानो पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो । यादवले बालबालिकाहरुको हकहितमा हुने अन्य कार्यक्रमहरुमा समेत सामान्य खालको सहयोग गर्ने बाचा गर्नुहुदै बालबालिकाहरुको हकहितमा सदैब लागिपर्ने र शैक्षिक गुणस्तरको पक्षमा दशक देखी कृयाशिल भएकाले आफूलाई सहयोग गर्न उत्साह मिलेको बताउनुभयो ।

यादवले विद्यालयमा मावि शिक्षक नभएर पनि प्रावि र निमाविका शिक्षकले पनि मावि राम्रो चलाएको भन्दै प्रधानाध्यापक जितेन्द्र कुमार साह र कार्यक्रम संचालन गर्ने शिक्षक रंगलाल भट्टराईलाई खादा अविरले सम्मान गर्नुभयो । कार्यक्रमका अध्यक्ष तथा प्रधानाध्यापक जितेन्द्र कुमार साहले विद्यलायमा प्रत्यक्ष र परोक्ष रुपमा पत्रकार यादवले सल्लाह सुझाव र सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा शिक्षक सुमित्रा देवी यादव, अरुण कुमार मण्डल, सब्बिर आलम सुरेश कुमार गुप्ता, राजेश्वर प्रसाद यादव, ललितादेवी यादव, रामुदेव मेहता र विद्यलायका सबै कक्षाका बालबालिका सहितको उपस्थिती रहेको थियो ।

त्यसैगरी नृत्य प्रतियोगितामा कजल कुमारी मण्डल, लक्ष्मी कुमारी ठाकुर र निशाकुमारी मण्डल उत्कृष्ट पुरस्कारबाट पुरस्किृत हुनुभएको थियो ।

यहाँ आयोजित कार्यक्रममा कक्षा–४ देखि १० सम्मका विद्यार्थीलाई प्रोत्साहनस्वरुप पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा वत्ताहरुले विधार्थीहरुलाई नियमित स्कुलमा आउन, सरसफाइमा ध्यान दिन र परीक्षामा राम्रो अंक ल्याउन सफलताको लागि प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको बताउनुभएको थियो ।

Previous Post

बालदिवशका विभिन्न कार्यक्रमका विजयी प्रतियोगिहरुलाई पुरस्कार

Next Post

कोशीमा हाजिरि जवाफप्रतियोगिता सम्पन्न

Next Post
कोशीमा हाजिरि जवाफप्रतियोगिता सम्पन्न

कोशीमा हाजिरि जवाफप्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana