इनरुवा समाचारदाता
इनरुवा, असोज ९ गते । सुनसरी सदरमुकाम इनरुवामा महिला मानव अधिकार रक्षक सञ्जालको पाचौं साधारण सभा सम्पन्न भएको छ । सम्पन्न भएको सधारण सभाले सहजादी प्रविणको अध्यक्षतामा २१ सदस्य महिला मानव अधिकार रक्षक सञ्जाल चयन भएको हो । सभाले उपाध्यक्षमा कौसीला चौधरी, सचिव सुशिला उप्रेती, सहसचिवमा विनिता दाहाल र कोषाध्यक्षमा विना चौधरीलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा दिलकुमारी राई, सिता शेर्पा राई, चित्रा सुवेदी, रविना सेख, रिभा कर्ण, सरिता कार्की, सरिता चौधरी, अनिता चौधरी, भावना बस्नेत, सुशिला चौधरी, आफिया बानो, रोजिना खातुन, कमला खत्वे लक्ष्मी भुजेल, सविता साह र अफिफा खातुन सहितको चयन भएका छन् ।
यसैबीच सञ्जालले आफ्ना पूर्व सहकर्मी तथा दुवही नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडालाई सम्मान गरेको छ । महिला मानव अधिकार रक्षक सञ्जालको सभामा दोसल्ला र सम्मान पत्र सहित सम्मानित गरिएको ओरेककी शान्ती दनुवारले जानकारी दिनुभयो । सञ्जालमा १५ वर्षदेखी अधिकारको पक्षमा काम गरेको र दुहवीमा उपप्रमुखमा निर्वाचित भएको भन्दै सम्मान गरेको हो । सभामा पत्रकार जयकृष्ण यादव, बिमला घिमिरे, सञ्जालका निवर्तमान अध्यक्ष सरस्वती लुईटेल केसी सहितको उपस्थिती रहेको थियो ।
उद्घाटन सत्र सञ्जालका अध्यक्ष सरस्वती लुईटेल केसीको अध्यक्षतामा र सामापन सत्र नवनिर्वाचित अध्यक्ष सहजादी प्रविणको अध्यक्षतामा सम्पन्न भएको थियो ।


१, सनसरीको इनरुावमा महिला मानव अधिकार रक्षक सञ्जालको पाचौं साधारण सभामा शुभकामना मन्तव्य राख्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा





