नेकपा एमाले इनरुवा नगर कमिटिले आफ्नो स्थानीय तहका लागि चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा रहेको नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा आगामी बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै इनरुवा नगर कमिटि एमालेले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । एमालेका इनरुवा नगर अध्यक्षले इनरुवामा प्रतिवद्धता सार्वजनिक गर्दै नगरमा बाल उद्यान, कवर्ड हल निर्माण, एक वडा एक खेल मैदान, नगर अस्पताल, थोक तरबारी बजार व्यवस्थापन, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, सुशासन र विकास सहित समावेश गरिएको जानकारी दिनुभयो । उता नेकाप एमालेले केन्द्रमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नयाँ पार्टी कार्यालय तुल्सीलाल प्रतिष्ठानमा कार्यक्रम गर्दै घोषणापत्र सार्वजनिक ग¥यो ।
वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि स्थानीयस्तरमा र केन्द्रमा गरि अलग अलग प्रतिवद्धतापत्र जारी गरिएको एमालेले जनाएको छ ।
चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक कार्यक्रममा एमालेका नेता पोष्टकुमार नेपाल, खेमराज पोखरेल, इन्द्र पोखरेल, लोकेश निरौला, हरिनरायाण चौधरी, रामप्रसाद मेहता र उम्मेदबारका आशाक्षीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन पार्टीका नगर सचिव मेघराज न्यौपानेले गर्नुभएको थियो ।