सुनसरी सदरमुकाम इनरुवामा हिन्दू स्वयंसेवक संघले आठ दिने प्राथमिक शिक्षा वर्ग अभ्यास कार्यक्रम गर्ने भएको छ । असोज २४ गतेदेखि ३१ गतेसम्म प्राथमिक शिक्षा वर्ग अभ्यास कार्यक्रम गर्ने तयारी पुरा भएको हो । सुनसरी र मोरगंका गरि २५० जना युवा तथा विद्यार्थी सहभागि रहने प्राथमिक शिक्षा वर्ग अभ्यासको उक्त तालिममा मानसिक, शारिरिक र बौद्धीक क्षमता बढाउने कक्षा संचालन गर्ने संघका जिल्ला सम्वाहक मनोज कुमार यादवले बताउनुभयो ।
यादवका अनुसार देशका विद्धवान तथा प्रवुद्ध वर्गद्धारा कार्यक्रममा प्रशिक्षण दिने तयारी भएको छ । हिन्दू स्वयंसेवक संघ जिल्ला संघ चालकले जिल्लामा एतिहासिक रुपमा आठ दिने प्राथमिक शिक्षा वर्ग (प्रशिक्षण) कार्यक्रम शुरु गर्ने तयारी गरेको छ ।
इनरुवाको काशी पब्लीक स्कूलको प्रारङ्गणमा शुरु गरिने प्राथमिक शिक्षा वर्गको उद्घाटन असोज २४ गते हुने जनाएको छ । प्रशिक्षण कार्यक्रमा शिक्षाको साथ साथै व्यवहारिक, सामाजिक र संस्कारिक शिक्षाको आवश्यकता महसुस गराउने सोही बारेमा प्रशिक्षित गर्ने संघका दिलिप साहले बताउनुभयो ।

संगठन नै अनुशासन हो, संगठन नै विजय शक्ती हो, प्रशिक्षणमा सहभागि परिक्षार्थीहरुले अनुशासित र संगठित भएर अत्याधिक लाभ लिने र शिक्षार्थीहरुले आफ्नो जिवनलाई सार्थक र अनुशासित बनाई तालिमबाट प्राप्त ज्ञानले समाज र राष्ट्रको हितको लागि अनुशासित र संगठित भएर अगाडी बढ्ने संघका श्रवण यादवले बताउनुभयो ।
अहिले देशमा हिन्दु धर्ममाथि चौरर्फी रुपमा प्रहार गर्ने काम भईरहेको बताउँदै यसलाई निरुत्साहित गर्न हिन्दु समाज संगठित हुनुपर्ने यादवले बताउनु भयो । असोज ३१ गतेसम्म संचालन हुने प्राथमिक शिक्षा वर्गमा सुनसरी र मोरगंका गरी २५० जना शिक्षार्थीहरु सहभागि हुने छन । उनीहरुलाई मुख्य प्रशिक्षकले शारिरीक विकास, बौद्धिक विकास, अनुशासन, संस्कार लगायतको विषयमा प्रशिक्षण दिनु हुनेभएको छ ।
यसैबीच हिन्दू स्वयंसेवक संघद्धारा आयोजना गरिने ८ दिने प्राथमिक शिक्षा वर्ग अभ्यास तथा तालिमको तयारी स्वरुप सहयोगीहरु र सहभागीताका लागि विभिन्न जातिय संघ संस्थाहरुसंग संघले छलफल गरेको छ । शुक्रबार जिल्ला सदरमुकाम इनरुवामा तीन वटा जातिय संघ संस्थाहरुका प्रतिनिधि तथा पदाधिकारीसंग छलफल गरेको जनाएको छ ।
संघले आयोजना गर्ने कार्यक्रमको कार्यतालिका अनुसार असोज २४ गते आगमन, २५ गते उद्घाटन, २९ गते मातृभोजन, ३० गते पथ सञ्चालन(नगरमा र्याली) असोज ३१ गते दिक्षान्त समारोह सहित विदाई गर्ने जनाएको छ ।
चित्रगुप्त सेवा समिति, हलुवाई सेवा समिति, धानुक समाज, मरिक समाज, खत्वे स्वजातिय समिति, पौदार सेवा समिति, थारु कल्याणकारी सभा, नेपाल प्रजापती कुम्भकार संघ, मोची सेवा समिति, रौनीयार सेवा समिति, सरदार बातर समाज, स्वर्णकार समाज, नेपाल यादव सेवा समिति, कुशवाहा कल्याण समाज, तेली कल्याकाण समाज, बैश्य समाज सहितका संघ संस्थाहरुका प्रतिनिधिसंग कार्यक्रमलाई सार्थक र सफल पार्ने विषयमा छलफल गरेको छ ।





