Sunday, February 15, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नो भोटको अभियान सुनसरीमा उठ्यो

‘नो भोट अभियान’ चलाउने घोषणा

by नेपाल टाइमलाइन न्यूज
October 8, 2022
in चुनावी समाचार, मुख्य खबर, स्थानीय समाचार
A A
0
नो भोटको अभियान सुनसरीमा उठ्यो
39
SHARES
Share on FacebookShare on Twitter

सुनसरी जिल्लाका विभिन्न पालिकाका स्थानीय युवाले ‘नो भोट अभियान’ चलाउने भएका छन् । नेपाली काग्रेंस र नेपाल विधार्थी संघमा लामो समयसम्म सेवा गर्दै दुई पटकसम्म नेविसंघको महामन्त्रीको जिम्मेबारी समालि सक्नुभएका युवा नेता कपलेश्वकर यादवले आफूलाई पार्टीबाट धोका भएको भन्दै ‘नो भोट अभियान’ चलाउने घोषणा गरेसगैं युवाहरु समेत साथ दिने भएका छन् । लामो समयसम्म आफूले पार्टीलाई आफ्नो जागिर खाने उमेरलाई लगानी गरेको र सामानुपातिकमा नाम पठाएर पछि काटेकाले आफू अन्यायमा परेका भन्दै आफूले ‘नो भोट अभियान’ चलाउने बताउनुभयो ।


यादवले २०५४ सालदेखि पार्र्टीमा लगानी गरेको तर कुनै सुनुवाई र मूल्यांकन नभएको भन्दै आन्दोलित हुदै ‘नो भोट अभियान’ चलाउने भएको जानकारी पत्रकार सम्मेलन गरेर दिनुभएको छ । आफ्नै गृह जिल्ला सुनसरीको गढी गाउँपालिका २ औरावनीमा यादवले पत्रकार सम्मेलनको आयोजना गरि ‘नो भोट अभियान’ को घोषणा गर्नुभयो । मतदान पनि नगर्ने र नेतालाई गाउँ पस्न नदिने बताउनुभयो । गएको २०७४ सालको आम निर्वाचनमा पनि आफूलाई आश्वासन मात्र देखाइएको यादवको गुनासो छ । आफ्ना माग सम्बोधन नभएपछि बाध्य भएर चुनाव बहिस्कारको अभियान थालेको यादव बताउनुहुन्छ ।
यादवले खासमा सुनसरी क्षेत्र नम्बर ३ बाट संचालन गरेको ‘नो भोट अभियान’ जिल्ला हुनै देशभर चलाउने योजना रहेको बताउनुभएको छ । यादवले पार्टीमा युवा र विधार्थीलाई ढालका रुपमा मात्रै प्रयोग गरेको र राजनीतिक दल काग्रेस सहित अन्य पार्टीले पनि धोका दिदै आएकोले युवाहरुको साथमा ‘नो भोट अभियान’ चलाउने दावी गर्नुभयो ।
आफू लोकतन्त्रका लागि जेलनेल भोगेको र सोही आठमा सत्ता र सरकारमा पुगेको पार्टीले बेवास्ता गर्दै आएको र अहिले चुनावमा पनि आफूसंग गरेका बाचा पूरा नगर्ने भएकाले बाध्य भएर युवाहरूको साथमा चुनावमा भोट नदिने अडान र अभियान सुरु गरेको उद्घोष गर्नुभएको छ । यादवले देश जोगाउनका लागि नो भोट अभियान चलाउने र त्यसमा सबैलाई साथ सहयोग गरि निर्वाचन बहिस्कार गर्न प्रेस विज्ञप्ती मार्फत अपिल गर्नुभएको छ । त्यसैगरी इनरुवा नगरपालिका ७ का पूर्व वडा अध्यक्ष नेपाली काग्रेंसका स्थानीय नेता किसोर सिंह खवासले समेत पार्टीले आफूहरुलाई बेवास्ता गर्ने राजनीतिक दल र तिनका नेताहरुलाई भोट नदिने अर्थात् ‘नो भोट’ अभियान चलाउने बताउनुभयो । पत्रकार सम्मेलनमा यादवसगैं प्रस्तुत हुनुभएका सिंहले सभा , भेला गर्दै तथा सामाजिक सञ्जालमार्फत ‘नो भोट’ अभियानलाई व्यापक रुपमा अघि बढाउने बताउनुभयो ।

त्यसैगरी गढी गाउँपालिकाका डा. श्रीचरण यादवले समेत कुनै पनि पार्टीले आफूहरुलाई वास्ता नगरेको र विकास भन्दा भ्रष्टाचारमा लिप्त भएकाले कुनै पनि राजनीतिक दल र तिनका नेताहरुलाई भोट नदिने अर्थात् ‘नो भोट’ अभियान चलाउने बताउनुभयो । सनिबार साझ आयोजना गरेको पत्रकार सम्मेलनमा डा. यादवले आफूहरु गाउँगाउँ, टोलटोलमा वडा सभा , गाउँ भेला गर्दै ‘नो भोट’ अभियानलाई व्यापक रुपमा अघि बढाउने जानकारी दिनुभयो । डा. यादवले मंसिर ४ नो भोट यूथ भोवाईस सेभ नेपाल २०२२ नामक नाराका सास्था बनाएर राजनीतिक दल र तिनका नेताहरुलाई भोट नदिने अर्थात् ‘नो भोट’ अभियान चलाउने बताउनुभयो ।

 

Previous Post

पत्रकार आषिश यादवलाई पितृ शोक

Next Post

उम्मेदवारी दर्ता गराउँदै रेखाले भनिन्- मोरङका जनताले विद्रोह गर्दैछन्

Next Post
उम्मेदवारी दर्ता गराउँदै रेखाले भनिन्- मोरङका जनताले विद्रोह गर्दैछन्

उम्मेदवारी दर्ता गराउँदै रेखाले भनिन्- मोरङका जनताले विद्रोह गर्दैछन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana