सुनसरीमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष तर्फका उम्मेद्वारी दर्ता प्रक्रिया सुरु भएको छ । हालसम्म नेपाल लोकतान्कि पार्टी, राष्टिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्व सङ्घीय लिम्बुवान मञ्चका प्रतिनिधिले उम्मेद्वारी दर्ता गराइसक्नुभएको छ । जिल्लाका चारवटै क्षेत्रबाट समय लिएका दलहरु र स्वतन्त्रका उम्मेदबारहरुले समेत प्रतिनिधिसभामा २० जना र प्रदेश सभामा ३८ जनाको यो समाचार तयार पार्दासम्म उम्मेद्वारी परेको छ । सुनसरीमा चार प्रतिनिधि सभा र आठ प्रदेशसभाको लागि उम्मेद्वारी दर्ता प्रकृया जारी रहेको छ । यहाँको चार वटै क्षेत्रमा उम्मेद्वारी दर्ता प्रक्रिया जारी रहदाँ संघमा २० र प्रदेशमा ३८ जनाको उम्मेदबारी परेको छ भने नेपाली काग्रेंस र नेकपा एमाले लगायतका ठूला दलहरु दिउसो २ बजे पछि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

१, मनोनय दर्ताको दृष्य तस्विरमा ।





