जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख १० गते । नेकपा एमाले सुनसरीले इनरुवा नगर कमिटि र वडा कमिटिको सिफारिस विपरित र जनभावना विपरित उम्मेदबार बनाएको भन्दै नेकपा एमाले इनरुवा ५ नम्बर वडा कमिटिका अध्यक्ष सहित सबै पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । इनरुवा ५ नम्बर वडामा अध्यक्ष बनाउने विषयमा असन्तुष्ट पक्षहरुले सामूहिक राजिनामा दिएका हुन् । https://www.youtube.com/watch?v=8Be1uYy5Rt8
आफ्नो वडा कमिटिको सिफारिस र जनभावना विपरितका उम्मेदबार बनाएकोमा आपती जनाउदै नेकपा एमाले इनरुवा ५ वडा कमिटिका अध्यक्ष विनोद सुवेदी सहित ३५ जनाले सामूहिक राजिनामा दिएका छन् । पार्टीको वडा कमिटिबाट उपाध्यक्ष उतरकुमार पोखरेल, सचिव सन्तोश पोखरेल, रन्जु पोखरेल, वडा इन्चार्ज, सहइन्चार्ज सहितले आईतबार राती पत्रकार सम्मेलन गरि सामूहिक राजिनामा दिएको घोषणा गरेका छन् । स्थानीय तहका लागि चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको दुई दिनपछि नै सुनसरी सदरमुकाम इनरुवामा नेकपा एमालेको प्रभाव रहेको वडामा कार्यकर्ताको भावना बीचमा भुईचालो ल्याएको नेताकार्यकर्ताको आरोप छ ।
जिल्ला पार्टीले वडाका भावनालाई कदर नगरेको र टिके प्रथा जस्तो गोपी ढकाललाई वडा अध्यक्षको टिकट दिएकाले सयौं नेता कार्यकर्ताहरु असन्तुष्ट भएका आशाराम चौधरीले बताउनुभयो । हालै आगामी बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै इनरुवा नगर कमिटि एमालेले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको थियो । उता एमालेका इनरुवा नगरपालिका ५ नम्बर वडा अध्यक्षका उम्मेदबार गोपी ढकालले भने सबैलाई मिलाउने र मिलाएर लाने प्रयास गर्ने प्रतिकृया दिनुभयो ।