काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक यातायातको भाडा घटेको हो ।
स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो ।
स्वचालित प्रणालीअनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपियाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुबाहक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।
यसैगरी, मालबाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ । घटेको भाडा आज (सोमबार) देखिनै लागू हुने विभागले जनाएको छ ।




