Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

देउवाद्धारा बबियामा महामानव बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण 

देउवाद्धारा बबियामा महामानव बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण 

by नेपाल टाइमलाइन न्यूज
July 22, 2023
in मुख्य खबर
A A
0
देउवाद्धारा बबियामा महामानव बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण 
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइराला ४१ औँ स्मृति दिवसको अवसरमा सनिबार सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा महामानव बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको छ । एक कार्यक्रमका बीच सभापती देउवाले सालिक अनावरण गर्नुहुदै जननायक विश्वेश्वरप्रसाद कोइरालाले गर्नुभएको योगदानको चर्चा गर्नुभयो । विभिन्न राजनीतिक उतार–चढावहरू भोग्नुभएका कोईरालाले देश र जनताका लागि गर्नुभएको योगादन सदैव स्मरणिय रहेने बताउनुभयो । देउवाले कोईरालाको राजनीतिक र साहित्य क्षेत्रमा गर्नुभएको अमिट छाप नेपाली माझ रहिरहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भारतमा रहेको ब्रिटिस साम्राज्यवादका विरुद्ध पनि लड्नुभएका कोईराला अनेक जेल–यातना सहनुभएको थियो । लामो अनुभव बटुलेका भारतीय नेताहरूसँग बीपी कोइरालाको सुमधुर सम्बन्ध थियो किनभने अङ्ग्रेजहरूका विरुद्ध सङ्घर्ष गर्नेमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो ।”

देउवाले सुनसरी कांग्रेसले ग्रामिण र शहरी क्षेत्रको मध्य भागमा जनताको नेताको रुपमा स्मरण गराउन वीपी चौक नामाकरण गरेकोमा धन्यवाद दिनुभयो ।

उता सभापति देउवा अहिले कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा सहभागिता जनाउनुभएको छ । जिल्ला सम्मेलनमा केन्द्रीय सदस्यहरू, कोशी प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरू प्रतिनिधि सभा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, पालिकाका पदाधिकारीहरू तथा सदस्यहरू, वडाका पदाधिकारी तथा सदस्य, टोल समितिका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको पार्टीका जिल्ला सचिव वीरेन्द्र शाहले जानकारी दिनुभयो ।

जिल्ला सम्मेलन जिल्ला सभापति केदार भण्डारीको अध्यक्षता र देउवाको प्रमुख आथित्यतामा जारी रहेको शाहले जानकारी दिनुभयो ।

१, वि.पी.स्मृति दिवस अवसरमा जिल्लाको इनरुवा नगरपालिका ९ बबियामा महामानव बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुहुदै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा

Previous Post

प्रेमीकाे गाेली लागेर हत्या, प्रेमीकाकाे अवस्था समान्य

Next Post

दुर्घटनामा तीन जनाको मृत्यु

Next Post
कोशी प्रदेशमा दुर्घटनामा कमी

दुर्घटनामा तीन जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana