काठमाडौं । ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवलदार सुनिल शाहलाई शुक्रबार दिउँसो कुटपिट गरेका थिए ।
पक्राउ पर्नेमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राई छन्। उनले ड्युटी गरिरहेका शाहलाई एक्कासी आक्रमण गरेर घाइते बनाएका थिए ।
उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।
फाइल फोटो





