Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरूवा नगरपालिकाले दलित र मुस्लिम छात्राहरुलाई साइकल वितरण

दलित र मुस्लिम छात्रालाई साइकल वितरण तस्बिर: जयकृष्ण यादव

by नेपाल टाइमलाइन न्यूज
July 23, 2023
in स्थानीय समाचार
A A
0
इनरूवा नगरपालिकाले दलित र मुस्लिम छात्राहरुलाई साइकल वितरण
10
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव, इनरुवा । पठनपाठनमा सहजताका लागि जिल्लाको सदरमुकाम र इनरुवा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका दलित र मुस्लिम समुदाय छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको छ । माध्यमिक परीक्षा एसईई उत्तीर्ण गरेका ५४ दलित र मुस्लिम समुदाय छात्राहरूलाई आइतबार साइकल हस्तान्तरण गरिएको नगरप्रमुख केदार भणडरीले जानकारी दिनुभयो ।

 

कक्षा दशपछि आर्थिक अभाव र विद्यालयसम्म पुग्ने साइकलकै कमी ११ र १२ नपढ्ने गरेको गुनासोलाई सम्बोधन गर्न दुई वर्षदेखि एसईई उत्तीर्ण गरेका दलित र मुस्लिम समुदाय छात्राहरूलाई साइकल हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै वितरण गरिएको हो । नगरक्षेत्रका सात सामुदायिक माध्यमिक विद्यालयका ५४ छात्रालाई ११ र १२ कक्षामा अध्ययन गर्न सहजताका लागि निःशुल्क साइकल वितरण गरेको उपप्रमुख विनीताकुमारी मेहताले जानकारी दिनुभयो ।

 

छात्राहरूलाई प्रोत्साहन रुवरुप साइकल वितरण गरिएको उपप्रमुख मेहताले जानकारी दिनुभयो । घरदेखि विद्यालय टाढा हुँदा आउजाउमा समस्या भएपछि नगरपालिकाले मुस्लिम र दलितछात्राहरूको सुविधालाई विचार गर्दै साइकल वितरण गर्दा आफूहरुलाई राहत मिलेको सरस्वती मावि बबियाकी मुस्कान शर्मा खत्वेले बताउनुभयो । छात्राहरूलाई विद्यालयमा टिकाइराख्न आफूहरूले छात्राहरूलाई साइकल बाँडेको शिक्षा शाखाका प्रमुख डिल्लीराज निरौलाले बताउनुभयो । छात्राहरूलाई विद्यालयको पहुँच बढाउन पालिकाले चालु आर्थिक वर्षमा समेत साइकल किन्न बजेट विनियोजन गरेको नगर प्रमुख भण्डारीले बताउनुभयो ।

 

“घर टाढा भएकाले विद्यालय बीचमै छाड्ने समस्या अब समाधान हुन्छ”, प्रमुख भण्डारीले भन्नुभयो । कक्षा ११ देखि १२ सम्म पढ्न जाने छात्राहरूले साइकल पाएपछि निकै खुसी भएका छन् । शिक्षा शाखा प्रमुख निरौलाले छात्राहरूको सहजता र विद्यालयमा पहुँच बढाउन यो कार्यक्रम गरिएको बताउनुभयो । शिक्षामा पछि परेको नगरका मुस्लिम र दलित समुदायका छात्रालाई साइकल वितरण भएपछि छात्राहरू नियमित विद्यालय जाने अपेक्षा लिइएको निरौलाले बताउनुभयो ।

Previous Post

एनसेलले ल्यायो आकर्षक ‘कम्बो प्याक’

Next Post

व्यवसायीद्वारा सरकारी अनुगमन टोलीलाई थुन्ने प्रयास

Next Post
व्यवसायीद्वारा सरकारी अनुगमन टोलीलाई थुन्ने प्रयास

व्यवसायीद्वारा सरकारी अनुगमन टोलीलाई थुन्ने प्रयास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana