जयकृष्ण यादव, इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आउने ग्राहकको सुविधाका लागि राष्ट्रिय वाणिज्य बैंकले काउन्टर सञ्चालनमा ल्याएको हो ।
कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि नेपाल सरकारले गृह मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र जिल्ला प्रशासन कार्यालयलाई समन्वयमा ल्याएको छ ।
प्रमुख जिल्ला अधिकारी हुम्कला पण्डेले असार ७ गतेदेखि राष्ट्रिय वाणिज्य बैंकमा काउन्टर स्थापना गरी राजस्व संकलनको काम सुरु गर्ने जानकारी दिनुभयो । प्रजिया पाण्डेका अनुसार सरकारी कार्यालय र सरकारी बैंकको काउन्टर सञ्चालनपछि ग्राहक सेवा सहज भएको छ ।





